सुनिल छिदालले ल्याए मनछुने गीत ‘आमा’

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

गायक सुनिल छिदाल र गायिका पूजा घत्री मगरको स्वरमा  ‘आमा’ बोलको गीत सार्वजनिक गरिएको छ । लक्ष्मी रोकाया र गायक छिदाल स्वयंको शब्द रहेको गीतमा गायक छिदाल स्वयंले संगीत भरेका छन् । गीतमा राजु कार्कीको एरेञ्ज छ । गीत निकै मनछुने बनेको छ भने गीतको भावअनुसार भिडियो तयार पारिएको छ ।

बाल्यकालमा घर छाडेर शहर पसेपछि सडकमा जीवन विताउन बाध्य एक युवकको कथा भिडियोमा देखाइएको छ । भिडियोमा गायक छिदाल स्वयंले अभिनय गरेका छन् । उनको अभिनय मनछुने छ । उनको आमाको भूमिकामा गीतकार समेत रहेकी लक्ष्मी रोकायाले अभिनय गरेकी छन् । यूट्युबमा सार्वजनिक भएको एक हप्तामा नै ‘आमा’ गीतलाई साढे २ लाखभन्दा बढी भ्यूज मिलिसकेको छ ।

गीत हेर्ने अधिकांश दर्शकले उम्दा प्रतिक्रिया दिएका छन् । प्रायःले गीत हेरेर भावुक भएको बताएका छन् । अनिल रानाले सम्पादन गरेको गीतको भिडियोलाई विरेन्द्र भट्टले खिचेका हुन् । गीतको भिडियोका निर्देशक रोजल थापा हुन् । तीन दर्जनभन्दा बढी चर्चित गीतको निर्देशन गरिसकेका रोजलले ‘आमा’ गीतको भावलाई मर्न नदिन हरसम्भव प्रयास गरेको बताए ।