नेपाल भ्रमणमा मिस वल्र्ड टोनी

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

मिस वल्र्ड २०१९ की विजेता टोनी एन सिंह बिहीबार नेपाल आएकी छिन्। तीन दिने तालिका सहित नेपाल भ्रमणमा आएकी टोनीको शुक्रबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माणाधिण हिमालयन ग्रेट ट्रेलसमेत हेर्ने कार्यक्रम तय भएको छ । हिडन ट्रिजर' तथा पर्यटन मन्त्रालयसँगको समन्वयमा जमैकाकी टोनी नेपाल आएकी हुन्।

मिस नेपाल २०१९ की विजेता अनुस्का श्रेष्ठको पहलमा उनी हेलम्बु आएकी गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । टोनीले हेलम्बुमा करिब एक घन्टा बिताउने कार्यक्रम रहेको छ । हेलम्बुकै सोस्लिङमा रहेको अनुस्काको प्रोजेक्टसमेत टोनीले अवलोकन गर्ने कार्यक्रम रहेको छ । ‘मिस नेपाल अनुस्का श्रेष्ठको पहलमा टोनी हाम्रो गाउँपालिकामा आउनुभएको हो’,। ‘सोस्लिङको प्रोजेक्ट अवलोकन र हिमालयन ग्रेट ट्रेल अवलोकनपछि उहाँ फर्कनुहुन्छ' । अध्यक्ष शेर्पाले भने ।  टोनी अघिल्लो वर्षकी मिस नेपाल श्रृखंला खतिवडाको प्रोजेक्ट अवलोकल गर्न मकवानपुर पनि पुग्ने कार्यक्रम रहेको छ ।

'दि हिडन ट्रेजर'ले आफ्नो २५ औं वार्षिकोत्सव र ‘भिजिट नेपाल २०२०’ को उपलक्ष्यमा मिस वल्र्ड टोनी र अध्यक्ष जुलियालाई नेपाल भ्रमणका लागि निम्तो दिएको थियो । मिस वल्र्ड आयोजक संस्था र दि हिडन ट्रेजरको सहकार्यको २३ वर्षमा पहिलो पटक यो भ्रमण हुन लागेको हो ।