हलहरुमा पनि कोरोना सतर्कता

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हुन नदिन मल्टिप्लेक्स हलहरुको सञ्जाल क्यूएफएक्स चेनले सर्तकता अपनाएको छ। चलचित्र हेर्न आउने दर्शकलाई सुरक्षित महसुस बनाउनका लागी हलमा सेनिटाइजर लोसन, पाउडर र स्प्रे प्रयोग गरेको क्यूएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले जानकारी दिएका छन्।

‘चलचित्र हेर्न प्रवेश गर्नुभन्दा पहिला र पछि हामीले सेनिटाइजर लोसन, पाउडर र स्प्रे प्रयोग गरेका छौं । काउन्ट र वाथरुममा राखेका छौं’, कार्यकारी अधिकृत रोशनले भने, ‘दर्शकले हात राख्ने रेलिङमा पनि स्प्रे गरेका छौं ।’ उनका अनुसार काठमाडौंका सबै हलमा अपनाइएको यो सतर्कता भोलिसम्ममा देशभरका क्यूएफएक्सका सबै हलमा लागु गरिने छ । यद्यपि सेनिटाइजर लोसन, पाउडर र स्प्रे बजारमा अभाव रहेकाले केही समस्या भएको उनको भनाइ छ ।