कोरोनाका कारण ‘म यस्तो गीत गाउँछु २’को प्रर्दशन स्थगित

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

फागुन ३० गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन स्थगित गरिएको छ । चीनबाट महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण शुक्रवार निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सनद्दारा एक विज्ञप्ती तयार गर्दै अर्को साता अर्थात  फागुन ३० गतेबाट चलचित्र प्रदर्शनमा नआउने जानकारी गराएको हो । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि चलचित्र प्रदर्शन रोकिएको र राज्यबाट अर्को सूचना जारी नभएसम्म प्रर्दशन रोक्न निर्मातालाई संघले विज्ञप्तीमार्फत् आग्रह गरेको छ । साथै विज्ञप्तीमा उल्लेख भए अनुसार नेपाल चलचित्र निर्माता संघले भरसक सबै चलचित्र छायांकन रोक्न सूचना जारी गरेको छ।

सुदर्शन थापा निर्देशित यस चलचित्र आजै शुक्रवारबाट प्रदर्शनमा आउने तयारीमा रहेको थियो । तर आजबाट बलिउड चलचित्र ‘बागी ३’ प्रर्दशनमा आएका कारण यस चलचित्र एक हप्ता पछाडि सरेर फागुन ३० का लागि प्रर्दशन मिति तोकिएको थियो । यसरी बिभिन्न कारणले चलचित्र पछि सरेकाले  ‘म यस्तो गीत गाउँछु २’ परिवारले विज्ञप्तीमार्फत् क्षमाप्रार्थी रहेको बताएका छन् ।

शिवम अधिकारी र दिनेश न्यौपानेको कथा लेखन रहेको  ‘म यस्तो गीत गाउँछु २’ मा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ । पूजा शर्मा र सुदर्शन थापा निर्माताको रुपमा रहेको यस चलचित्रमा  पूजा शर्मा, पल शाह, हरिहर शर्मा, दिनेश डिसी,  सोनिका रोकाय राजा राजेन्द्र पोखरेल लगायतका कलाकारहरुको अभिनय छ।