‘समयले गायिका बनायो’: भिमु गुरुङ

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

नेपाली परिवेशमा अझैपनि संगीत मेरो उद्देश्य भनेर अघि बढ्ने बिद्यार्थी कमैछन् । स्कुले जीवनको उद्देश्य डाक्टर, पाइलट भएपनि समयले कहाँ पु¥याउँछ थाहा हुँदैन । जीवनको लक्ष्य एकातिर आफ्नो जीवन एकातिर भएको पाउँछौं । बिशेष गरी विपन्न परिवारमा ठुला लक्ष्य सपनामा मात्र सिमित हुन्छन् ।

संगीत क्षेत्रलाई पनि कतिले सानैदेखी रहरको रुपमा लिन्छन्, कतिले भविष्यको उद्देश्य । यसैबिच अहिलेकी लोकप्रिय गायिका भिमु गुरुङ पनि सानैदेखी गीतसंगीतमा रुचि राख्ने गर्थिन् । बिपन्न परिवारमा जन्मिएकी भिमुको गायिका बन्ने उद्देश्य भएपनि उनलाई आफ्नो उद्देश्य पुरा होला भन्ने आशा कमै थियो । आफूभित्र जोश जागर, कला भएपनि आर्थिकपाटोले पनि उत्तिकै महत्व राख्ने भएकाले उनी आफ्नो उद्देश्य तिर बिस्तारै लम्किएकी थिइन् । बि.स. २०४८ सालमा स्याङ्जा वालीङ नगरपालिका –७ केवरे भन्ज्याङमा जन्मिएकी भिमु उच्च शिक्षाका लागी र काम खोज्नका लागी पहिलो पटक २०६४ सालमा काठमाडौं प्रवेश गरेको बताउँछिन् ।

‘काठमाडौं प्रवेश गर्नुको उद्देश्य उच्चशिक्षा पढ्नु र आफ्नो सपना पुरा गर्नु थियो । गायिका बन्नु थियो, तर मेरो लागी काठमाडौं पुर्णरुपमा अपरिचित थियो ।’ भिमुले पुराना दिन सम्झिइन् । ‘एक त केटी मान्छे भएपछि अझ बढी समस्या त थियो नै, ति समस्यालाई पनि झेल्दै अगाडी बढेकी थिएँ ।’  उनले केहि समय पछि ठमेलस्थितको ‘लेकबेशी दोहारी साँँझ’मा का मगर्न थालेको बताइन् । १६ बर्षको उमेरबाट दोहोरी साँझमा गीत गाउन पाएकोले गायनमा अभ्यास प्रयाप्त भएको उनी बताउँछिन् । उनी भन्छिन् ‘अहिले यो अवस्थामा आएको त्यो समयमा प्रयाप्त अभ्यासका कारणले पनि हो ।’ भिमुले विस्तारै ‘नव दुर्गा दोहारी साँँझ, पोखरा दोहारी साँँझ, चौतारी दोहारी साँँझ, दरवार दोहारी साँँझ’ लगायतमा काम गर्ने मौका पाइन् । मध्यरातसम्म दोहोरी साँझमा माइकमा रमाउने बानी परेपछि क्याम्पस जाने समय निन्द्रामा बित्न थाल्यो । उनले आफ्नो पढाईलाई निरन्तरता दिन सकिनन् । पढाई रोकियो तर जागिर रोकिएन । सानैदेखी आफ्नो लक्ष्यमा अडिक रहेर अगाडी बढेकी भिमुलाई समयले २०७१ सालमा आएर गायिका बनायो । उनको पहिलो एल्वम ‘टिपउँ फूल ट्याप्प’ हो । त्यसपछि उनलाई गीत गाउनका लागी अफर आउन थाले ।  उनले ‘टिपउँ फूल ट्याप्पै पछि ‘भेट भो रोधि घरमा, सालैजो, अमिलो रसैले, लाहुरेको छोरीले, तीज’ लगायतका एल्वमहरु निकालेकी छन् । उनका यी सबै गीतहरु दर्शक तथा स्रोतका सामु निकै लोकप्रिय भए । फलस्वरुप उनलाई नेपाली लोक साँगितिक क्षेत्रमा पछि फर्कन परेन । भिमुले आफ्नो गीतहरुमा मात्र सिमित रहन सकिनन् । उनको स्वरमा धेरै नेपाली सँस्कृती जगेर्ना गर्ने गीतहरु गाएकी छन् ।

उनले ‘हेसानु माया कौडा, रोधि घर सालैजो, ठूल ढुङ्गा कौडा, जुल्फी कपाल दोहोरी, जुनसरी माया कौडा, मादालस तालैमा दोहोरी, कस्की छोरी दोहोरी, बटौली सहर कौडा, तरुनिको जालै दोहोरी, बग्लुङ, तनहुँ, स्याङ्जा पञ्चेबाजा, तल्लो ग्याझा गाउँ रमाईलो कौडा, बन्देउ मेरै दोहोरी’ लगायत दर्जनौ गीतमा स्वर दिइकी छन् । भिमुको स्वरमा आफ्नो एल्वमका गीतहरु र स्वर मात्र दिईइको गीतहरु करिब दुई सयको हाराहारीमा रहेका छन् ।उनले केही गीतहरुबाट अवार्डसमेत हात पार्न सफल भएकी छन् । उनले गत बर्ष ‘सगरमाथा म्युजिक अवार्ड– २०७५’ को अवार्ड चुम्न सफल भएकी थिईन् । भिमुले ‘लाहुरेको छोरी’ वोलको गीतबाट ‘सगरमाथा म्युजिक अवार्ड’मा उत्कृष्ट मौलीक गीत गायिकाको अवार्ड जित्न सफल भएकी हुन् । त्यस्तै, उनले ‘दोस्रो मनासलु म्युजिक अवार्ड–०७५’ पनि ‘लाहुरेको छोरी’ वोलको गीतबाटै उत्कृष्ट मौलीक गीत गायिका बनिन् ।

‘लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका सम्मवन्नय समिति’ मा भिमु सुन्धारा समितिकी सह–सचिव हुन् । त्यस्तै, भिमु गुरुङ ‘स्याङ्जा स्रष्टा सदन’मा कोशादक्ष, ‘राष्ट्रिय तमू कलाकार संघ’मा सदस्य, ‘सयपत्री कलाकार संघ’मा पूर्व कोशादक्ष, ‘आँधिखोला समाज’मा आजीवन सदस्य लगायत दर्जनौ संघसंस्थामा आबद््द रहेकी छन् । ‘यो गीतसंगीत एक नशा जस्तै हो । छोड्न गाह्रोपर्छ। दर्शक तथा स्रोतामाझ भोलीका दिनमा अझ राम्रा गीतसंगीत प्रस्तुत गर्ने अठोट गर्छु ।’ भिमुले भनिन् । भिमुले नेपालमा अधिकांश जिल्ला र देश बाहिर दर्जनबढी देशमा आफ्नो प्रस्तुती दिइसकेकी छिन् । अझैपनि यो क्षेत्रमा धेरै गर्न बाँकी रहेको र धोको नपुगेको उनी बताउँछिन् ।

साभार: हिमालय टाईम्स