निर्देशक प्रकाशसँग प्रेममा अनुष्का

मुम्बई (एजेन्सी) ।

साउथ इन्डियन सुपरहिट चलचित्र 'बाहुबली'मा मुख्य भूमिका निर्वाह गरेका अभिनेता प्रभास र अभिनेत्री अनुष्का शेट्टीबीच प्रेम सम्बन्ध रहेको र बिवाह समेत गर्दैछन् भन्नेबारे अनेक समाचार र गसिप बने। तर ति समाचार र गसिपहरुलाई निरन्तर अस्वीकार गर्दै आएका अनुष्का र प्रभासले आफूहरुबीच साथीको मात्र सम्बन्ध रहेको बताउँदै आएका छन्।

तर हाल भने अनुष्का बारेमा एक नयाँ खबर सार्वजनिक भएको छ। उनी प्रभाससँग नभई एक निर्देशक सँग प्रेममा रहेको हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणमा प्रकाशित छ । अहिले उनी निर्देशक प्रकाश कोभेलामुण्डीसँग गहिरो प्रेममा रहेको समाचारमा उल्लेख छ ।

बिवाहित निर्देशक प्रकाश कोभेलामुण्डीले २००४ मा तेलेगु बाल चलचित्र 'बोम्मालता' बाट चलचित्र निर्देशनमा डेब्यू गरेका थिए । २०१३ मा सम्बन्ध विच्छेद गरेका कोभेलामुण्डीले बलिउड लेखिका कनिका डिल्लनसँग बिवाह गरेका थिए। २०१५ मा अनुष्कालाई लिएर कोभेलामुण्डीले  तेलेगु-तमिल चलचित्र 'साइज जिरो' बनाएका थिए। त्यही समयदेखि उनीहरु प्रेममा रहँदै आएका छन् । कोभेलामुण्डीले निर्देशन गरेको हिन्दी चलचित्र 'जजमेन्टल हे क्या' लाई दर्शकले निकै रुचाएका थिए। सिनेमाका निर्देशक प्रकाश कोभेलामुण्डीसँग प्रेम चलिरहेको छ।