राजेश हमाललाई निखिल उप्रेतीको ‘आयो भैरव’मा अफर, गर्लान् ?

आर्टिष्ट खबर/ फागुन,काठमाडौं।

केही समयका नेपाली सुपरस्टार राजेश हमाल चलचित्रमा देखिन छाडेको निकै बर्ष भइसकेको छ। तर अहिलेसम्म पनि उनलाई चलचित्रमा अफर भने आउन छोडेको छैन। केहीसमय अघि उनलाई 'प्रेमगीत ३' मा प्रदिपको बुवाको भूमिकाको लागी अफर आएको थियो। तर उनले आफ्नो व्यस्तताका कारण चलचित्र साइन गरेनन्। हाल उनलाई अर्को चलचित्र ‘आयो भैरव’को अफर आएको छ।

अभिनेता निखिल उप्रेतीको अभिनय तथा निर्देशन रहने चलचित्र ‘आयो भैरव’को लागी उप्रेतीले हमाललाई अफर गरेका हुन्। उनले यस विषयमा हमालसँग कुराकानी पनि गरिसकेका छन्। तर महानायक हमालले चलचित्र खेल्ने नखेल्ने बारे हाल केही बोलेका छैनन्। राजेश अभिनित पछिल्ला चलचित्र ‘बागमती’ र ‘सकुन्तला’ले खासै राम्रो ब्यापार नगरेपछि उनी स्क्रिप्टका बढी ध्यान दिन थालेका छन् । ‘आयो भैरव’मा भने उनको भूमिका केही बिषेश रहने बताएपछि उनले चलचित्र खेल्ने नखेल्ने बारे निर्णय गरेका छैनन्। यसअघि राजेश हमाल र निखिलले 'हामी तीन भाई', 'दोबाटो' , 'राम लक्ष्मण', 'धर्मा' , 'इन्साफ', 'निशान', 'भाग्य बिधाता', 'निखिल दाई', 'शिव शक्ति', 'पापी मान्छे', 'खल नायक', 'घायल', 'कर्तव्य' इत्यादि चलचित्रमा एकसाथ काम गरिसकेका छन् । यी सबै चलचित्र निकै हिट भएका थिए ।