कोरोना प्रभावः दर्शक घटे, चलचित्र क्षेत्रमा ७ खर्ब क्षति

आर्टिष्ट खबर/ फागुन,काठमाडौं।

अहिले हलिउड, बलिउडसँगै कलिउडमा चलचित्र क्षेत्रले ठूलो क्षति बेहोर्नु परेको छ । चीनबाट फैलिएको कोभिड–१९ अर्थात नोभेल कोरोना भाइरसका कारण विश्वको चलचित्र उद्योग प्रभावित बनेको छ । चलचित्रक्षेत्रको ठूलो बजार हलिउडका अधिकांश हलहरु बन्द हुँदै गएका छन् । यस्तै बलिउडमा पनि यसको प्रभाव ठूलै देखिएको छ । नेपालमा पनि अहिले हलमा लगभग दर्शकको संख्या सुन्य जस्तै हुन थालेको छ ।

अहिलेसम्म बिभिन्न रिपोर्टका अनुसार चलचित्रको विश्व बजारमा यस भाइरसकै कारण चलचित्रको प्रदर्शन सार्दा र प्रदर्शन भइरहेका चलचित्र रोक्नुपर्दा सात खर्बको क्षति भएको छ । हलिउड चलचित्रको ठूलो बजार चीनमा यसको असर सबैभन्दा धेरै देखिएको छ । चीनले कोरोनाको महामारीका कारण ७० हजार चलचित्र घर बन्द गरिसकेको छ । चीनसँगै १०८ देशमा कोरोना फैलिँदा चलचित्र उद्योगले ठूलो क्षति बेहोर्नु परेको हो ।

चीनमा यस वर्षको (२०२०) जनवरी २४ देखि फेब्रुअरी २३ गतेसम्ममा ४.२ मिलियन डलरको टिकट बिक्री भएको थियो । यो गत वर्षभन्दा २ गुणा बढी थियो । चीन सरकारले कलाकार तथा चलचित्रकर्मीलाई महामारीको रोकथाम नभएसम्म छायांकनमा नजान र नगर्न सुझाव दिएको छ । यस्तै जापानमा पनि कोरोनाका कारण १५ प्रतिशतसम्म टिकट बिक्रीदर घटिसकेको छ । महामारीका कारण हलिउडका चर्चित निर्माताहरुले आफ्नो चलचित्र निर्माण र रिलिजमा रोक लगाएका छन् । कोरोनाका कारण जेम्स बोन्ड सिरीजको ‘नो टाइम टु डाई’ ले ६ महिनाका लागि चलचित्रको रिलिज डेट पछि सारेको छ भने अर्को हलिउड चलचित्र ‘मिसन इम्पोसिबल ७’ ले आफ्नो इटालीमा छायांकन रोकेको छ । कोरोनाको प्रकोप अझै बढ्ने हो र अमेरिकी चलचित्र घरहरु पनि बन्द गर्नुपर्ने अवस्था आयो भने चलचित्र उद्योगमा सोचेभन्दा ठूलो आर्थिक नोक्सनी बेहोर्नु पर्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अमेरिका र क्यानडापछि विश्व चलचित्र उद्योगको ठूलो बजार चीन हो ।

विश्वको दाजोमा नेपालको चलचित्र उद्योग सानो भएतापनि नेपालमा पनि करोडौंको क्षति हुने देखिएको छ । गएको साताबाट नेपाली चलचित्र हलमा छैनन् । प्रदर्शन मिति तोकेका चलचित्र स्थगित भएका छन् । केहि समयअघिमात्रै चलचित्र निर्माता संघले छायांकन रोक्न निर्देशन दिइसकेको छ । नेपालमा चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’को व्यापारलाई कोरोनाको त्रासले नकारात्मक प्रभाव पर्न पुग्यो । यी चलचित्रले सोचेजस्तो ब्यापार गर्न सकेनन् ।  यस अघि आजबाट प्रदर्शनमा आउने भनेर निकै प्रचारप्रसार गरेको नेपाली चलचित्र म यस्तो गीत गाउँछु २ ले पनि घाटा बेहोर्नु परेको छ । प्रचारप्रसारमा निकै खर्च गरिरहेको यो चलचित्र कोरोना भाइरसको त्रासकै कारणले प्रदर्शन स्थगित गर्नुपर्यो । यस्तै अर्को चैतको अन्तिममा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र निरफूलले पनि प्रदर्शन स्थगित गरिएको सुचना निकालिसकेको छ । यस्तै नेपाली चलचित्र क्षेत्रको ठूलो अवार्डको रुपमा हेरिने नेफ्टा अवार्ड पनि यहि चैतमा गरिने भन्ने तयारी थियो। उक्त अवार्डपनि स्थगित गरिएको छ। आज नेपाली हलमा कुनैपनि नेपाली चलचित्र छैनन् । केहि बिदेशी चलचित्र प्रदर्शनमा आएतापनि दर्शक पाउने आशा निकै कम छ । बलिउडको ‘अंग्रेजी मिडियम’ र हलिउडको ‘ब्लड सर्ट’ प्रदर्शनमा आएका छन् । ‘ब्लड सर्ट’ ले क्युएफएक्स चेनको हलमा जम्मा १२ शो पाएको छ । पहिलाका हलिउड चलचित्रको तुलनामा यो निकै कम हो । प्रदर्शनको दोस्रो दिनबाट शो घट्ने निश्चित जस्तै छ । यस्तै गएको साताबाट प्रदर्शनमा आएको बलिउड चलचित्र 'बागी ३' ले पनि सोचेजस्तो ब्यापार गर्न सकेको छैन ।

साभार: हिमालय टाईम्स