अनुष्का श्रेष्ठ र शृंखला खतिवडालाइ ४० हजार डलर सहयोग

आर्टिष्ट खबर/ फागुन,काठमाडौं।

मिस वल्र्ड आयोजकले मिस नेपाल अनुष्का श्रेष्ठ र पूर्व मिस नेपाल शृंखला खतिवडालाई ४० हजार डलर सहयोग गर्ने घोषणा गरेको छ । ‘ब्युटी विथ पर्पस विजेता शृंखला र अनुष्काले सुरु गरेको समाज सेवा परियोजनालाई सहयोग स्वरुप मिस वर्ल्ड आयोजकले २०—२० हजार डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।

शृंखलाको प्रोजेक्ट क्षेत्र मकवानपुर र अनुष्काको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका पुगेर दुवै आयोजना यस आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको हिडन ट्रेजरका अध्यक्ष दिवाकरराज राजकर्णिकारले जानकारी दिए । ‘उनीहरु दुवैले मिस वर्ल्डमा ब्युटी विथ पर्पस टाइटल जित्नुको कारण पनि त्यही परियोजना थियो । परियोजना पूरा गर्न सहज होस् भनेर दुबैलाई २०—२० हजार डलर सहयोगको घोषणा गर्नुभएको छ,’

अघिल्लो साता नेपाल आएका मिस वर्ल्ड आयोजक संस्थाकी अध्यक्ष जुलिया मोर्ले र निर्देशक स्टिभ डग्लेसले उक्त सहयोग घोषणा गरेका थिए । गत हप्ता आयोजक जुलिया मोर्ले र स्टिभ डग्लेसँगै मिस वर्ल्ड २०१९ टोनी एन सिंह नेपाल आएका थिए । शृंखलाले चेपाङ समुदायका लागि अस्पताल निर्माण र अनुष्काले निम्न आय भएकालाई आयआर्जनका लागि सहयोग पुर्याउने उद्देश्यले काम गरिरहेका छन् ।