हलिउड निर्माता हार्वीलाई २३ बर्षको जेल सजाय

हलिउड,एजेन्सी

हलिउडका विवादास्पद फिल्म निर्माता हार्वी वाइनस्टीनलाई बलात्कार र यौन उत्पीडनको मामलामा २३ वर्षको जेल सजाय सुनाईएको छ ।वाइनस्टिनलाई गत महिना न्यूयोर्कमा दोषी ठहर गरिएको थियो ।बुधबार ६७ वर्षीय वाइनस्टीन ह्विल चेयरमा अदालतमा पेश भए जहाँ उनका वकिलले सजायमा छुट गर्न अनुरोध गर्दै पाँच वर्षको न्यूनतम सजाय पनि उनका लागि आजिवन कारावासजस्तै हुने बताए ।

तर अभियोजन पक्षले जसरी एक लामो समयसम्म उनले महिलामाथि दुर्व्यवहार गरे र जसरी उनले यसका लागि पश्चाताप गरेको देखिएन, त्यो हेर्दा उनलाई अधिकतम सजाय दिनुपर्ने माग राखे । वाइनस्टीनले बुधबार पहिलो पटक अदालतमा केही बोल्दै भने, ‘मलाई गहिरो अफसोस छ तर म लगायत अन्य पुरुष मी–टू आन्दोलनका क्रममा जस्तो  प्रकारको बयान आए त्यसले उनीहरुलाई भ्रममा पारेको छ ।’