कोरोनाका कारण दिल्लीका सबै हल बन्द हुने

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

बिश्वका बिभिन्न देशहरुमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण हरेक क्षेत्रमा ठूलो प्रभाव परेसँगै नेपाली चलचित्र क्षेत्रलाई पनि प्रभाव पर्न थालेको छ। हाल हलमा प्रदर्शन भइरहेको चलचित्रको व्यापार नाजुक छ भने प्रदर्शनको तयारीमा रहेका चलचित्र रोकिएका छन्। कोरोनाका कारण सयौंको मृत्यु भैसकेको छ भने हजारौंमा संक्रमण देखिन थालेपछि विभिन्न राज्यका सरकारहरुले चलचित्र भवन बन्द गर्ने निर्णय गर्न थालेका छन् । त्यसैगरी भारतमा कोरोना भाइरसको संक्रमण देखिन थालेपछि बिभिन्न राज्यका सरकारहरुले चलचित्र भवन बन्द गर्ने निर्णय गर्न थालेका छन् ।

दिल्ली सरकारले पनि सम्पूर्ण चलचित्र हल मार्च ३१ तारिखसम्म बन्द गर्ने निर्णय गरेको छ । केरला सरकारले सम्पूर्ण चलचित्र हल बन्द गर्ने निर्णय गरेपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मार्च ३१ तारिखसम्म दिल्लीका सबै चलचित्र हलहरु बन्द गर्ने घोषणा गरेका छन् । यसरी दिल्लीका सबै चलचित्र हल बन्द हुँदा प्रर्दशनरत चलचित्रको व्यापार प्रभावित हुने देखिन्छ।