प्रभाषको रोजाईमा कट्रिना

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">मुम्बई (एजेन्सी) ।</span> </pre><p style="text-align: justify; ">‘बाहुबली’ स्टार प्रभाषले नयाँ चलचित्रका लागी बलिउड नायका कट्रिना कैफलाई रोजेका छन् । निर्माण पक्षले सुनाएको केही नामहरुमा उनले कट्रिनालाई रोजेका हुन् । कट्रिनाको काम राम्रो लाग्ने भन्दै उनले कट्रिनालाई रोजेका छन् ।कट्रिनालाई चलचित्रको विषयमा अफर पुगिसकेको भने छैन । निर्माणपक्ष केही दिनमा नै कट्रिनासँग भेटेर चलचित्रको अफर गर्नेछ । यदी चलचित्रको लागि कट्रिना राजी भइन् भने दर्शकले पहिलो पटक प्रभाष र कट्रिनाको जोडीलाई देख्न पाउनेछन् । नाग आश्विनको निर्देशनमा बन्न लागेको चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन ।प्रभाष अहिले चलचित्र ‘जान’को छायांकनमा छन् । यस चलचित्रमा प्रभाषले नायिका पूजा हेग्डेसँग जोडी बाँधेका छन् । यस चलचित्रमा प्रभाषलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।</p>