आफूमाथि हिंसा भएको बताउँदै पूर्व मिस नेपाल उषाले १७ वर्षको बैवाहिक सम्बन्ध तोडिन्

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

१७ वर्षअघि जिपी तिमल्सिनासँग प्रेम बिवाह गरेकी मिस नेपाल २००० एवंम मोडल उषा खड्गीले बैवाहिक सम्बन्ध बिच्छेद गरेकी छिन। उनले एक टेलिभिजनसँगको कुराकानीमा बिवाहको १ वर्ष पछिदेखि आफूमाथि निरन्तर रुपमा शारिरीक र मानशिक हिंसा हुँदैँ आएकोले बैवाहिक सम्बन्ध तोड्ने निधो गरेको बताएकी थिइन्। शनिबार साँझ खड्गीले उनको फेसबुकमा अन्तर्वार्ताको एक भिडियो क्लिप शेयर गर्दै आफूमाथि हिंसा भएको लेखेकी छिन्। जति शारीरिक र मानसिक दुर्व्यवहार सहेपनि,अब यसलाई निरन्तरता दिन नसक्ने उनले लेखेकी  छिन् । 'यदि मैले बिवाहको १ वर्ष पछि देखि शारीरिक र मानसिक दुर्व्यवहार सहनु पर्छ भने म यो सम्बन्ध यही समय अन्त्य गर्छु।'

अब यसलाई जारी राख्न म सक्दिन।' साथै उनले आफ्ना समर्थकहरू र प्रशंसकहरूलाई आफनो गाह्रो समयमा साथ र सहयोग गरेकोमा धन्यबाद दिएकी छिन् र यसले आफूलाई अगाडि बढ्न थप बलियो बनाउन बताएकी छन् । करिब १९ वर्षअघि चिनजान गरेका यि दुईले दुई बर्षको प्रेमसम्बन्ध पछि २००३ मा बिवाह गरेका थिए। पुर्वमिस नेपाल खड्की र तिम्ल्सेनाका एक छोरी र एक छोरा छन् ।