‘डान्सिङ वीथ स्टार नेपाल’ को घोषणा

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

विश्वमा चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ वीथ स्टार’ नेपालमा पनि  नेपाली संस्करण घोषणा भएको छ । बिबिसी स्टुडियोको फरप्याटमा आधारित यस डान्सिङ रियालिटी शो  नेपालका लागी ‘डान्सिङ वीथ स्टार नेपाल’ नाम राखिएको छ । आइतबार राजधानीमा आयोजीत पत्रकार सम्मेलनमा आयोजक टिम, निर्णायक तथा प्रतियोगी सेलिब्रेटी, कोरियोग्राफर तथा कार्यक्रम होस्टलाई चिनाइयो ।शोमा निर्णायकको रुपमा अहिलेसम्म अभिनेत्री गौरी मल्ल र निर्देशक तथा करियोग्राफर रेनशा बान्तवा राई पक्का भएका छन् । एक जजको छनोट बाकीँ नै रहेको छ। त्यस्तै सेलिब्रेटी कन्टेस्टेन्टमा नेपाल आइडल विजेता बुद्ध लामा, पत्रकार ऋषि धमला, अभिनेता अनुपविक्रम शाही, गायिका ज्योती मगर, नायिका सुमी मोक्तान, मैथिली अभिनेत्री पूजा ठाकुर, बाल बलाकार दिवांशी बैदवार, मिस नेपाल युनिभर्स मनिता देवकोटा, फुटबल खेलाडी अनिल गुरुङ, दृष्टिविहीन सृष्टि केसी, टिकटकबाट चर्चामा आएका ट्विन्स दीपा(दमन्ता, हास्यकलाकार उमेश राई  रहेका छन्।

त्यस्तै करियोग्राफरमा युमी बलामी, राजिव कुमार कर्न, कविता नेपाली, प्रमोद कुमार भण्डारी, शुभम भुजेल, लाउरे सिंह, कोमल पाण्डे, केविका खत्री, सुनिल विक, प्रविण विक, विजय पर्की, केशव थापा रहेका छन् । कार्यक्रमको उद्घोषण सुमन कार्कीले गर्नेछन् । डान्सिङ वीथ स्टार विश्वको ६० भन्दा बढि मुलुकमा प्रशारण भइरहेको छ । बेलायत, अमेरिका, अष्ट्रेलिया लगायतमा डान्सिङ वीथ स्टारको नामबाट नै चर्चित रहेको यस शो भारतमा भने ‘झलक दिखलाजा’को नामबाट चर्चित छ । अन्य देशमा जस्तै नेपालमा पनि १२ जना विभिन्न क्षेत्रका स्टार प्रतियोगीहरुले १२ जना करियोग्राफरसँग टिमअप गर्नेछन । र, उनीहरुसँगै प्रस्तुती दिनेछन् । दर्शकको भोट र निर्णायकको निर्णयले हरेक साता १ जना प्रतियोगी बाहिरिने छन् । विजेताले २५ लाख नगद र गाडी पुरस्कार पाउनेछन् ।