चलचित्र पत्रकारसंघमा नयाँ नेतृत्व

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

नेपाली चलचित्रको बिषयमा कलम चलाउँदै आएका पत्रकारहरुको संगठन चलचित्र पत्रकार संघ नेपालले नयाँ नेतृत्व पाएको छ । सोमबार सम्पन्न ८ औं महाधिवेशनबाट अध्यक्षमा दिनेश सिटौला सहित १७ जनाको कार्यसमिति चयन गरियो ।जम्मा १ सय ४० सदस्यले गर्नुपर्ने मतदानमा जम्मा १ सय ३८ मत खसेसँगै अध्यक्षमा सिटौलाले ७० मत ल्याई बिजय भए । चार जनाको उम्मेदवारी परेको अध्यक्ष पदका लागी डब्बु क्षेत्रीले ३९, गीता अधिकारीले १४ र अनिल यादवले जम्मा १४ मत ल्याएका थिए। यस्तै उपाध्यक्ष पदका लागी कार्यक्रम तर्फ जीवन पराजुली बिजयी भएका छन्। उनी प्रतिद्धन्द्धी कुबेर गिरीसँग ११ मतको अन्तरमा बिजयी भए । यस्तै संगठन उपाध्यक्ष तर्फ कुवेर डंगोल र महिला उपाध्यक्षमा दीपज्योती थापा निर्विरोध चयन भए।

यस्तै महासचिव पदमा समिर बलामी (८८ मत), सचिव पदमा रघुनाथ सापकोटा (१०५ मत), सहकोषाध्यक्षमा बिनोद पोखरेल (७२ मत) ल्याई विजयी भए । यस्तै सदस्यहरुमा गोपिकृष्ण चापागाई, मनिष दाहाल, नविन गिरी, मिलन ढुंगाना, गणेश ओली, सृष्टि पोखरेल, दीपक गुरुङ, सुरक्षा भट्टराई बिजयी भए। आठौं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन हुँदै गर्दा निवर्तमान अध्यक्ष सन्दिप सापकोटाले सम्पुर्ण पदाधिकारीहरुलाई शुभकामना दिए । उनले आगामी दिनमा चलचित्रक्षेत्रलाई मर्यादित बनाउन चलचित्र पत्रकारको ठूलो भूमिका हुने भन्दै कार्यकालको शुभकामना दिए। निर्वाचन समितिमा दयाराम दाहाल र प्रदिप दाहाल, निर्वाचन अधिकृत, कृष्ण ढुंगाना प्रमुख निर्वाचन अधिकृतको रुपमा रहेका थिए।

यो समाचार आजको हिमालय टाईम्समा प्रकाशित छ