‘गेम अफ थ्रोन्स’ का क्रिस्टोफरलाई कोरोना संक्रमण

हलिउड

हलिउड कलाकार टोरमन्ड उर्फ क्रिस्टोफर हेभजिउ कोरोना भाइरसबाट संक्रमित भएका छन् । चर्चित अमेरिकन सिरिज ‘गेम अफ थ्रोन्स’मा मुख्य भूमिका निभाएका उनले बिसन्चो भएपछि कोरोना परिक्षण गरेका थिए। कोरोना पोजेटिभ देखिएपछि अहिले नोर्वेस्थित घरमै परिवारका साथ सेल्फ–क्वारेन्टाइनमा बसिरहेका छन् ।

आफू कोरोनाबाट संक्रमित भएको थाहा पाएपछि उनले सामाजिक संजाल इन्स्टाग्राममा पोस्ट गर्दै लेखेका छन् । “ हल्का चिसोको लक्षण देखिए लगत्तै आज परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएपछि अहिले घरमै परिवारका साथ सेल्फ–क्वारेन्टाइनमा बसिरहेको छु माफ पाउँ।” उनले संक्रमणका कारण धेरै व्यक्तिको स्वास्थ्य अवस्था चिन्ताजनक भएको हुँदा सबैलाई सजग रहन आग्रह गरेका छन् ।