नयाँ गिती एल्बम ‘सुनौलो तारा’ सार्वजनिक

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

गीतकार तारा अधिकारीको नयाँ गिती एल्बम ‘सुनौलो तारा’ सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक कार्यक्रमका बीच पूर्व मन्त्री तथा गीतकार शंकर प्रसाद कोइराला, वरिष्ठ गीतकार तथा चलचित्रकर्मी चेतन कार्की, वरिष्ठ संगीतकार तथा गायक जगतमर्दन थापा, वरिष्ठ गीतकार, गायक तथा संगीतकार गणेश रसिक, वरिष्ठ कलाकार तथा प्रथम नायिका भुवन चन्द, वरिष्ठ लेखिका तथा नारायण गोपाल संगीतकोषका अध्यक्ष उषा शेरचन, तारादेवी स्मृति फाउण्डेसनका अध्यक्ष दिपक केसी, वरिष्ठ संगीतकार तथा गीतकार दिपक जंगम, वरिष्ठ संगीतकार राजु सिंह लगायतले संयुक्त रुपमा विमोचन गरे । एल्बममा नौ वटा गीतहरु छन्। दिपक जंगम, बसन्त सापकोटा, कल्याण सिंह, दिपक शर्मा, सुवाष भुसाल, उमेशराज खड्का, रमेश कडरियाको संगीतमा रहेका गीतहरुमा स्वरुपराज आचार्य, अन्जु पन्त, प्रमोद खरेल, राज सिग्देल, मेलिना राई, विश्व नेपाली, प्रताप दास, अस्मिता अधिकारी, कविता श्रेष्ठ, निकेश राईको आवाज छ। तारा अधिकारीको यो एल्बम सुनौलो तारा दोस्रो एल्बम हो। उनको पहिलो एल्बम सपना हो । सुनौलो तारा एल्बममा पहिलो एल्बममा रहेका दुई वटा गीतहरु पनि राखिएका छन् ।

एल्बम बिमोचन कार्यक्रममा फुलेको केश बोलको गीतको भिडियो पनि देखाइएको थियो। भिडियो रमेश थापाले निर्देशन गरेका छन् भने दिलिप रायमाझी, सिरु विष्ट, स्वयम् गीतकार तारा अधिकारी र बाल कलाकार सुलोचना आचार्यले अभिनय गरेका छन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका छन् । यो भिडियो गीतकार अधिकारीकै युट्युब च्यानल सुनौलो ताराबाट अपलोड गरिएको छ। कार्यक्रममा यसभन्दा अघि नै सार्वजनिक भइसकेको गीत लुकी लुकी चोरी चोरीको भिडियो पनि देखाइएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शंकर प्रसाद कोइरालाले अहिलेको अवस्थामा एल्बम नै निकाल्नु राम्रो कुरा भएको बताउँदै सफलताको कामना गरे । पहिलेको जस्तै कभरमा पेनड्राइभ राखेर एल्बम निकाल्ने शैली आधुनिक प्रविधि सुहाउँदो भएको उनको भनाई थियो । त्यस्तै वरिष्ठ गीतकार तथा चलचित्रकर्मी चेतन कार्कीले गीत लेखनशैली मात्र नभएर गीतकार तारा अधिकारीको अभिनय पनि राम्रो रहेको बताए । गीतकार तारा अधिकारीले गीतसंगीत एक किसिमको लत भएको बताइन् । आगामी दिनमा पनि संगीतक्षेत्रमा सक्रिय रहिरहने उनको भनाई थियो ।