कोरोनाका कारण ‘मिस नेपाल–२०२०’ स्थगित

आर्टिष्ट खबर/चैत,काठमाडौं।

आउँदो बैशाख ३ गते हुने भनिएको ‘मिस नेपाल–२०२०’ प्रतियोगीता स्थगित गरिएको छ। कोरोना भाइरसको त्रासका कारण प्रतियोगिता अनिश्चित समयको लागि स्थगन गरिएको हो । सरकारले मेला महोत्सव तथा भिडभाड हुने कार्यक्रम नगर्ने आदेश दिएकाले मिस नेपाल प्रतियोगिता स्थगन गरिएको आयोजक संस्था हिडन ट्रेजरले बताएको छ।

मिस नेपालको फाइनल बैशाख १८ गतेभन्दा पछाडि हुनेछ । मिस नेपाल २०२० को अडिसन पोखरा, धनगढी, नेपालगञ्ज, बुटवल, चितवन, वीरगञ्ज, धरान र बितामोर्डमा सकिसकेको छ । काठमाडौंमा मात्रै अडिसन बाकीँ थियो। अब उक्त अडिसन पनि अनिश्चित समयको लागि पछि सारिएको छ । यस वर्ष मिस नेपालमा जम्मा ४ उपाधी रहेका छन् । मिस युनिभर्सको उपाधी यस वर्ष नेपालले पाएको छैन ।