अस्पतालमा पनि स्टारपन्ती देखाउदै कोरोना संक्रमित कनिका

मुम्बई/(एजेन्सी)

केही दिन अघि बलिउडकी चर्चित गायिका कनिका कपुरमा कोरोना संक्रमण देखिएपछि हाल बलिउडमा उनीबारे निकै चर्चा परिचर्चा भइरहेको छ। कनिकाले आफू कोरोना संक्रमित भएको थाहा हुदाँहुदै पनि उनले कसैलाई नभनेको यानिकी उनले यो कुरा लुकाउन खोजेको केही भारतिय मिडियाले बताएका थिए । मार्च १५ मा लन्डनबाट लखनऊ फर्केकी उनले साथीहरुलाई बोलाएर एक महंगो होटलमा डिनर पार्टी समेत गरेकी थिइन् । समाचारका अनुसार जसको कारण उक्त पार्टीमा उनीबाट धेरैलाई संक्रमण सरेको हुनसक्ने अनुमान गरिएको छ। कोरोनाको संक्रमण देखिएपछि कनिकालाई संजय गान्धी पीजीआई अस्पतालमा भर्ना गरिएको थियो। यसैबीच उक्त अस्पतालले एक विज्ञप्ती जारी गर्दै कनिकाले अस्पतालमा शुद्द स्टारपन्ती देखाएको विज्ञप्तीमा बताएको छ । उच्च स्तरिय बेड,‘एटेच बाथरुम’को माग गरेपछि उनलाई अस्पतालमा यो सब कुरा उपलब्ध गराइएको थियो ।

‘हामीले उनलाई अस्पतालमा निकै राम्रो सेवा दिइरहेका छौँ । उनको बेड नजिकै टिभी पनि राखिएको छ। हामीले उनको सरसफाईमा पनि विशेष ध्यान दिइरहेका छौँ। उनको माग अनुसार नै हामीले ‘ग्लुटन फ्रि’ खानेकुरा खुवाइरहेका छौँ। पहिला उनले आफ्नै घरबाट खाना ल्याएर खाने माग गरेकी थिइन् । जुन उपचारको क्रममा सम्भव थिएन । उनले खाने खाना हामीले छुट्टै किचनमा बनाउछौँ।' अस्पतालमा उनले एक बिरामीको भन्दा पनि एक स्टारको जस्तै व्यवहार गरेको अस्पतालको गुनासो छ। अस्पतालका निर्देशक आरकेले भनेका छन् 'उनी जो कोही भएपनि अहिलेको अवस्थामा उनी एक बिरामी हुन्, कोही स्टार हैनन् ।’ यतिमात्र नभएर कनिकाले उल्टै अस्पतालले आफूलाई अपराधीको जस्तै व्यवहार गरेको भन्दै आरोप लगाएको धिमानले बताएका छन् । यसपछि आफूले प्रेस विज्ञप्ती जारी गर्दै कनिकाको व्यवहार प्रष्ट्याउन बाध्य भएको धिमानको भनाई छ । उनको माग अनुसारको सेवा  प्रदान गर्दागर्दै पनि बिभिन्न आरोप प्रत्यारोप लगाएपछि अरु बिमारीको स्वाथ्य संगै अस्पतालकै नाम खराब हुने सम्भावना बढेपछि निर्देशक आरके धिमानले प्रेस विज्ञप्ती जारी गरेको बताएका  छन् ।