‘ए मेरो हजुर ४’को सम्पूर्ण छायांकन नेपालमै हुने

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

केही दिन अघि पोखरामा छायांकन सकेर काठमाण्डौ फर्केकोे चलचित्र ‘ए मेरो हजुर ४’ टिमले यस चलचित्रको छायांकन युरोपमा नहुने बताएको छ। यसअघि निर्माणपक्षले पोखरा,काठमाण्डौपछि चलचित्रको छायांकन युरोपमा गर्ने तयारी रहेको बारेमा जानकारी दिएका थिए। हाल भने निर्देशक झरना थापाले चलचित्रको सम्पूर्ण छायांकन नेपालकै रमणीय स्थानमा गर्ने बताएकी छिन्। अहिले भने विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासमा चलचित्रको छायांकन रोकिएको छ।

कोरोनाको त्रास बढेपछि चलचित्रको छायांकन युरोपमा नहुने भएको हो। साथै युरोपको बिभिन्न ठाउँमा फुल फुल्ने मौसममा मौका छोप्दै चलचित्रको केही छायांकन त्यहाँपनि गर्ने योजना बनाएको निर्माणपक्षले बताएका थिए । तर चलचित्रको छायांकन फेरी कहिलेबाट सुरु हुन्छ भन्ने निश्चित नभएपछि नेपालमै चलचित्रको सम्पूर्ण  छायांकन गरिने निर्देशक थापाले जानकारी दिएकी छिन । ४० प्रतिशत छायांकन पूरा भइसकेको यस चलचित्र आउँदो बर्षको दशैमा रिलिज गर्ने योजना निर्माता सुनिलकुमार थापाको छ। तर चलचित्रको बाँकी ६० प्रतिशत छायांकन पूरा कहिले हुन्छ भन्नेबारे नै निश्चित भइसकेको छैन । यस चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, सरोज खनाललगायतका कलाकारहरुको अभिनय रहेने छ।