कोरोना रोकथाम कोषमा प्रकाशको २ लाख

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ चैत, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस नेपालाम फैलिन नदिनका लागी सरकारले कोरोना भाइरस रोकथामका लागि कोष खडा गरेको छ। त्यसका लागी बिभिन्न ब्यक्ति, ब्यवसाहिहरुले सहयोग गरिरहेका छन् । यसैबिच लोक गायक प्रकाश सपूतले उक्त कोषका लागी दुई लाख रुपैंया सहयोग गरेका छन्।&nbsp;<br></p><p style="text-align: justify; ">प्रकाशले सरकारसम्म पुञ्याइदिन भन्दै पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषलाई दुई लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्। कोरोनाबाट बच्नका लागि बागलुङ धम्जाको आफ्नै घर पुगेका प्रकाशले प्रधानमन्त्रीलाई लामो पत्र लेख्दै उक्त रकम सरकारलाई उपलब्ध गराएको घोषणा गरेका छन् ।रकमलाई आवश्यक परेको अवस्थामा जुनसुकै ठाउँमा पनि खर्च गर्न सक्ने उनले बताएका छन् । आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले ५० करोड रुपैयाँ बराबरको कोरोना भाइरस संक्रमण रोकथामका लागि कोष स्थापना गरेको छ ।</p>