‘नाई नभन्नु ल ६’मा वर्षा राउत

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

यतिबेला देश पूर्ण रुपमा लक डाउनमा छ । विश्वभर फैलिएको कोरोना त्रासका यो बर्षको चैत्र महिनाभरी  कुनैपनि  चलचित्र रिलिज नहुने पक्का भएको छ।रिलिजको तयारीमा रहेका चलचित्र 'निरफूल', ‘म यस्तो गीत गाउँछु २ ’लक्का जवान, 'चपली हाइट'को तेश्रो सिरिज र 'प्रेमगीत'को तेश्रो सिरिज लगायतका चलचित्र कोरोनाका कारण रिलिज भएनन्। कोरोना त्रासका कारण छायाँकनरत चलचित्र समेत बिचैमा रोकिएका छन् । यतिबेला निर्देशक विकासराज आचार्य भने चलचित्र ‘नाई नभन्नु ल-६’को तयारीमा लागि परिरहेका छन् ।

चलचित्रको स्क्रिप्ट फाइनल भइसकेको छ । तर कलाकारको छनोट भने लक डाउनको कारण रोकएको छ । लक डाउनमै भएपनि उनले केही कलाकारसँग भने कुराकानी गरिरहेका छन् । चलचित्रको मुख्य भूमिकाका लागि नायिका वर्षा राउतलाई प्रस्ताव गरेको निर्माण पक्षको भनाइ छ । वर्षाले पनि यस चलचित्रमा काम गर्ने सोच बनाइसकेकी छिन्। वर्षासँगै सलोन बस्नेत,अनुभव रेग्मी, सेड्रिना शर्मा लगायतको नाम फाइनल भइसकेको छ। अन्य कलाकार भने लक डाउनबाट उम्किएपछि फाइनल गरिने निर्माणपक्षले जनाएका छन्। चलचित्रकालागि केही कलाकार फाइनल भइसकेपनि निर्माणपक्षले कलाकारसँग लिखित सम्झौता भने गरेको छैन। वर्षा यसअघिनै २ चलचित्र २ नम्बरी’ र ‘के घर के डेरा’मा अनुबन्धित भइसकेकी छिन्।  कोरोनाको त्रास साम्य भएलगत्तै उनको अभिनय रहने यी दुई चलचित्रको छायांकन सुरु हुनेछ। हातमा दुई चलचित्र हुदाँहुदैँ उनले ‘नाई नभन्नु ल-६’लाई समय देलिन्  या नदेलिन्?  त्यो समयले बताउँने छ। तर उनले चलचित्र 'नाई नभन्नु ल'को छैठौं सिरिजलाई बिषेश प्राथामिकता दिन सक्ने देखिएको छ । किनकी उक्त चलचित्रको चौथो सिरिजबाट उनले अभिनेत्रीको रुपमा डेब्यु गरेकी थिइन् ।