आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

चर्चित अभिनेता सरोज खनाल यतिबेला अमेरिका उडेका छन् । अहिले कोरोनाको संक्रमण संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढि देखिएको अवस्थामा उनी अमेरिका किन उडे? भन्ने प्रश्न खडा भइरहेको छ । यतिबेला विदेशमा भएका सबै नागरिक स्वदेश फर्कन्छन् ।

आइतबार अमेरिकाले चार्टर गरेको प्लेनमा नेपालमा रहेका अन्य अमेरिकी नागरिकसँगै कलाकार खनाल पनि फर्किएका हुन्। अमेरिकाले पनि नेपालमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने क्रम जारी राखेको छ। सबैलाई अवगत नहुन सक्छ खनाल लामो समय अमेरिका बसेर नेपाल फर्किएका थिए । कलाकारिता सँगै व्यवसायलाई पनि अघि बढाउँदै आएका उनले अमेरिकाको नागरिकता समेत पाइसकेका छन् । उनको परिवार अमेरिकाको भर्जिनियामा बस्दै आएका छन् । परिवार भेट्नको लागि उनी अमेरिका फर्कन लागेका हुन् । लकडाउनअघि नै अमेरिका जाने तयारीमा रहेका उनी एक्कासी सरकारले लकडाउनको घोषणा गरेपछि यही रोकिएका थिए ।

२४ चैत्र २०७६, सोमबार ०६:३९