कोरोना संक्रमित कनिका डिस्चार्ज

...

<pre style="line-height: 1.42857; text-align: justify;">&nbsp;<span style="font-weight: 700;">मुम्बई/(एजेन्सी)</span></pre><p style="text-align: justify; ">बलिउड गायिका कनिका कपुरलाई कोरोना संक्रमण भएको खबरले बलिउड निकै तात्यो। कनिकाको पाँचौ रिपोर्टसम्म कोरोना पोजेटिभ देखिएको थियो भने छैटौं रिपोर्ट उनको नेगेटिभ आयो। रिपोर्ट नेगेटिभ आएपछि उनका परिवार लगायत शुभचिन्तकहरु निकै खुशी हुदैँ आगामी दिन हरुको लागि शुभकामना दिइरहेका छन् ।&nbsp;</p><p style="text-align: justify; ">दुई साताको लामो उपचारपछि उनलाई उत्तर प्रदेशको लखनउस्थित एसजीपीजीआई अस्पताले सोमबार बिहान डिस्चार्ज गरेको छ । तर अस्पतालले उनलाई १४ दिनसम्म घरमै क्वारेटाइनमा बस्न सल्लाह दिएको छ । मार्च १५ मा लन्डन बाट फर्किएकी कनिकामा लखनउकै किङ जर्ज मेडिकल कलेजले कोरोना संक्रमण भएको पुष्टि गरेपछि उनलाई मार्च २० मा अस्पतालमा भर्ना गरिएको थियो । सोमबार लगातार दोस्रोपटक पनि रिपोर्ट नेगेटिभ देखिएपछि कनिकालाई अस्पतालले डिस्चार्ज गरेको भारतीय संचारमाध्यामले जनाएको छ ।&nbsp;</p>