अमेरिका पुगेका सरोज लेख्छन् ‘जे पर्ला त्यहि टर्ला’

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

अभिनेता सरोज खनाल कोरोनाभाइरसको त्रासबीच आइतबार अमेरिका उडे। अमेरिकाले चार्टर गरेको प्लेनमा नेपालमा रहेका अन्य अमेरिकी नागरिकसँगै खनाल पनि फर्किए। विदेशमा भएका सबै नागरिक स्वदेश फर्किरहेको अवस्थामा उनी भने एक्कासी अमेरिका उडेपछि उनको निकै आलोचना भएको पाइएको छ। कतिपयलाई यो थाहा छैन की सरोज अमेरिकी नागरिक हुन् । लामो समय अमेरिका बसेर उनी नेपाल फर्किएका थिए । कलाकारिता सँगै व्यवसायलाई पनि अघि बढाउँदै आएका उनले अमेरिकाको नागरिकता समेत पाइसकेका छन्। उनको परिवार अमेरिकाको भर्जिनियामा बस्दै आएका छन्।

परिवार भेट्नको लागि उनी अमेरिका फर्किएका हुन् । यसै आलोचना भइरहेको समयमा उनले बुधबार आफ्नो फेसबुकमा परिवारसँग रमाइलो गरिरहेको तस्बिर सार्वजनिक गरेका छन्। तस्बिर पोष्ट गर्दै उनले संस्कृत भाषामा एउटा स्टेटस लेखेका छन्। उनले लेखेका छन्,‘ सर्वे भवन्तु सुखिनस्सर्वे संतु निरामयस् जसले जे भनेपछि यो समय परिवारसँग बिताउन उचित सम्झिएँ। जे पर्ला त्यहि टर्ला ।’