बल्ल कालो चिया बनाउन सिके भनेपछि रीमा बनिन् ट्रोलको शिकार

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएपछि सरकारले बिगत तीन हप्तादेखि देश लकडाउन गरेको छ । लकडाउनका कारण आम सर्वसाधारणझैँ सेलिब्रेटीहरु पनि घरभित्रै सिमित हुनुपरेको छ । यो खाली समयमा धेरैजसो कलाकारहरु भान्सामा व्यस्त हुन थालेका छन् । चाड पर्वबाहेक अरुबेला  भान्सामा छिर्न समेत नभ्याउने कलाकारहरु अहिले बिभिन्न परिकार बनाउन जान्ने भइसकेको उनीहरु आफैले बताउदै आएका छन्।

यसैबीच आज एक चर्चित सेलिब्रेटीले आफूले बल्ल कालो चिया बनाउन सिकेको बताएकी  छिन्। सुन्दा अचम्म लाग्न सक्छ । ति सेलिब्रेटी हुन् अभिनेत्री तथा होस्ट रीमा विश्वकर्मा । भान्साका आधारभूत कुराहरु नआउने को हुन सक्ला र अहिलेको समयमा? जतिसुकै सम्पन्न परिवारमा जन्मिएपनि कालो चिया बनाउन नआउने सेलिब्रेटी छैनन् हामी ढुक्क भएर भन्न सक्छौँ । यसैबीच नेपालको बर्दियाको गुलरियामा जन्मिएकी रीमाले भने लकडाउनअघि आफूलाई कालो चिया समेत उमाल्न नआउने आफैले बताएकी हुन्। सम्भवतः हामी कोही यस्ता नेपाली छैनौं, जो कहिल्यै भान्सा नछिरेका हौं र माथि उल्लेखित भान्साका आधारभूत कुराहरु नबनाएका हौं ।

आफ्ना प्रशंसकहरुसँग सामाजिक सञ्जालमा लाइभ कुराकानी गर्ने क्रममा उनले बल्ल आफूले कालो चिया बनाउन सिकेको बताएपछि उनी अहिले हाँसोको पात्र बनेकी छिन्। प्रशंसकहरुले अर्को लकडाउनमा भात पकाउन सिक्न सुझाव दिएका छन् । त्यस्तै, एक दर्शकले उनको कुरालाई व्यंग्य गर्दै लेखेका छन्, ‘पानी तताउन पनि सिक्नु भो कि ?’ हुन पनि, कालो चिया बनाउनु भनेको पानी तताउनुभन्दा भिन्न छैन। त्यसमा चिनी र चियापत्ती मात्र थप्ने हो।' यसैगरी कतिपयले उनलाई 'ए बल्ल थाहा भयो डिर्भोस भएको कारण' भन्दै कमेन्ट गरेका छन्।