भोजपुरी ‘जय शम्भु’मा चिन्टुसँग रोमान्स गर्दै शिल्पा (टिजर)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

भोजपुरी चलचित्र ‘जय शम्भु’को टिजर सार्वजनिक गरिएको छ। अभिनेत्री शिल्पा पोखरेलले यस चलचित्रबाट भोजपुरीमा डेब्यू गरेकी छन्। एक्सन जनरामा निर्माण गरिएको चलचित्रमा सोनु खत्रीको निर्माण र निर्देशन रहेको छ। शिल्पाले आफ्नो डेब्यू भोजपुरी चलचित्रलाई लिएर उत्साहित रहेको बताउँदै टिजर फेसबुकमा शेयर गरेकी छिन्।

अधिकांश नेपालमा छायांकन गरिएको यस चलचित्रमा अभिनेत्री शिल्पाले भोजपुरी अभिनेता प्रदीप पाण्डे (चिन्टु) सँग रोमान्स गरेकी  छिन् । यिनका अलवा चलचित्रमा ध्रव कोइराला,कालु रानालगायतका नेपाली कलाकारहरुको पनि अभिनय रहेको छ । श्री श्रेष्ठको एक्सन, समिर मियाको भिएफएक्स,ओम सुनारको ब्याकग्राउण्ड र रमेश बोगटीको कथा रहेको चलचित्र नेपाली छायाँकार हरि लामाले खिचेका हुन्। चलचित्रको प्रदर्शन मिति हालसम्मलाई तोकिएको छैन ।

video: