कालो चियाको बिषयमा ट्रोल बनाउनेलाई रीमाको मुखतोड जवाफ

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गएको तीन हप्तादेखि देश लकडाउन गरेको छ। यो अवस्थामा चलचित्र क्षेत्रको सबै कामकाज रोकिएका छन् । लकडाउनमा सेलिब्रेटी तथा सर्वसाधारण सबै आ–आफ्नो घरमा बसेर परिवारका साथ समय बिताइरहेका छन् । यसैबीच यो समयमा  चर्चित अभिनेत्री रीमा विश्वकर्माले आफूले बल्ल कालो चिया बनाउन सिकेको अभिव्यक्ति दिएपछि अहिले उनी मजाकको पात्र बनेकी छिन्। गएको तीनहप्ता देखिको क्वारेन्टाइन बसाइँमा अहिलेसम्ममा बल्ल तल्ल कालो चिया बनाउन सिके भनेपछि यस कुरालाई लिएर अहिले अत्याधिक ट्रोल बनिरहेको छ ।

आफ्ना प्रशंसकहरुसँग सामाजिक सञ्जालमा लाइभ कुराकानी गर्ने क्रममा उनलाई उनका शुभचिन्तकले प्रश्न सोधेका थिए, ‘क्वारेन्टाइन बसाइँमा के पकाउन सिक्नुभयो? त्यही प्रश्नको उत्तरमा उनले आफूले कालो चिया बनाउनको सिकेको बताएपछि उनी एक्काएक ट्रोल बन्न पुगेकी हुन्। अहिले यस बिषयमा बिभिन्न मिडियाद्दारा समाचार समेत प्रशारण भइरहेको छ। आफ्नो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा निकै ट्रोलहरु बनेपछि रीमाले पनि मुख खोलेकी  छिन् । उनले सानैदेखि आफूले कमाएर घरधान्ने अवस्था आएपछि भान्सामा छिरेर पकाउन नपरेको र भान्सा सम्बन्धि खासै ज्ञान नभएको बताएकी छिन् । ट्रोल बनाउनेहरुलाई औल्याउँदै उनले फेसबुकमा एउटा स्टाटस लेखिकी छिन् : ‘मैले कालो चिया बनाउन सिकेको हुँ, कालो बम होइन । कृपया यसलाई बम नबनाउनु होला ।’