जनावरलाई आफ्नै हातले आहारा खुवाउँदै वर्षा

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले बैशाख ३ गतेसम्मलाई लकडाउनको घोषणा गरेको छ । यसको प्रत्यक्ष असर दैनिक मजदुरी गरेर जीवनयापन गर्ने मानिसहरुमा परेसँगै पशुपंक्षी तथा चराचुरुङ्गीलाई पनि परेको छ । यो समयमा घरभित्रै सिमित रहनुपर्ने भएकाले मानिसहरुको जनजीवनमा ठुलो प्रभाव परेको छ । सरकारले अत्यावश्यक कामबाहेक बाहिर निस्किनेहरुको कडा निगरानी राख्न सुरक्षाकर्मीहरुलाई निर्देशन दिएको छ । अरुबेला घुम्न आएका मानिसहरुले दिएको खाने गरेका पशुपंक्षी तथा चराचुरुङ्गी लकडाउनपछि भोकै छन् । यसरी मानिसहरु बाहिर हिडडुल गर्न नपाएपछि पशुपंक्षी तथा चराचुरुङ्गीहरु आहाराको अभावका कारण भोकभोकै मर्ने अवस्थामा पुगेका छन्। यसअवस्थामा बिभिन्न सेलिब्रेटी लगायत साधारण मानिसहरुले उनीहरुको आहारकालागि आवाज उठाइरहेका छन्। धेरेजसो सेलिब्रेटीहरुले पशुपंक्षी तथा चराचुरुङ्गीलाई आहाराको व्यवस्था गरिरहेका छन् ।

केही दिनअघि अभिनेत्री वर्षा सिवाकोटीले सडकमा रहेका भोका कुकुरहरुलाई खाना खुवाउदै र अरुलाई पनि यस्ता बिचल्लीत जनावरहरुलाई खाना खुवाउन अपिल गरेकी थिइन् । त्यसैगरी अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले भोकै रहेको जनावरलाई खानाको व्यवस्थाका लागि एक लाख रुपैयाँ सहयोग गरेका थिए। गायिका कोवल वलीले पनि आफ्ना घरबाहिर रहेका कुकुरहरुलई खाना खुवाउदै अरुलाई पनि आफ्ना घरवरीवरीका जनावरहरुलाई खाना खुवाउन अनुरोध गरेकी थिइन् । यसैबीच अभिनेत्री वर्षा राउतले लकडाउनपछि भोकै रहेका पशुपंक्षी तथा चराचुरुङ्गीलाई आहारा खुवाएकी छिन् ।

आइतबार बिहान उनले काठमाडौँको टेकु हुँदै इन्द्रायणी, शोभाभगवती, बिजेश्वरी, स्वयम्भू, बुढानिलकण्ठ, नक्साल भगवती, कमलपोखरीलगायतका स्थानमा पुगेर पशुपंक्षी तथा चराचुरुङ्गीलाई आफ्नै हातले आहारा खवाएकी छिन् । उनले कुकुर, गाई, चराचुरुंगी,बाँदर, र माछालाई बिस्कुट, चामल, मकै, गहुँ, केरा, पानीलगायतका आहार खवाएकी हुन् ।