कोरोनाविरुद्ध कलाकारलाई पनि सहयोग गर्दै ऋतिक

मुम्बई/(एजेन्सी)

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण देश बिदेशका सबै कामकाज ठप्प भएका छन्। यसले हरेक क्षेत्रलाई प्रभाव पारिरहेको छ। त्यो मध्य फिल्मी बजार एक हो। कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण  कलाकार, प्राबिधिकहरुसँगै फिल्मी क्षेत्रमा काम गर्ने सबै यतिबेला घरमै सिमित छन्। यसैक्रममा कलाकारहरुले लकडाउनबाट प्रभावित भएका गरिब परिवारलाई सहयोग गरिरहेका छन् ।

यसैबीच बलिउडका एक्सन कलाकार ऋतिक रोशनले पनि फिल्म र टीभीमा ज्यालादारीका रूपमा काम गर्ने कलाकारलाई सहयोग गरेका छन् । उनले फिल्ममा ज्यालादारी गर्ने चार हजार कलाकारहरुलाई ‘सिने तथा टीभी आर्टिस्ट एसोसिएसन’ मार्फत २५ लाख रुपैयाँ सहयोग गरेको भारतिय मिडियाले जनाएको छ । केही दिनअघि उनले बीएमसी कामदारहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै एन ९५ र एफएफपी र मास्क वितरण गरेका थिए ।