‘मिसेज सिरियल किलर’ लिएर आउँदै ज्याक्लिन

मुम्बई , एजेन्सी ।

कारोना भाइरस फैलिन नदिन यतिबेला विश्वका धेरै देशहरु लकडाउनको अवस्थामा रहेको छ। लकडाउन भएपछि हरेक क्षेत्रका कामकाज ठप्प भएका छन्। यसैबीच चलचित्रको पनि सबै काम रोकिएपछि यतिबेला कलाकारहरु पनि साधारण मानिसहरुसँगै घरमै सिमित रहँन बाँध्य भएका छन्। उनीहरु घरमै इन्टरनेट चलाएर, चलचित्र हेरेर समय बिताइरहेका छन्।

लकडाउनका कारण नयाँ चलचित्रको रिलिज र छायांकन रोकिएपनि केही गीत संगित, वेब सिरिज र डिजिटल स्पेसमा चलचित्र सार्वजनिक भइरहेका छन्। यसैबीच बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डिस र मनोज बाजपेयीले आफ्नो चलचित्र ‘मिसेज सिरियल किलर’ लिएर आउँने भएका छन्। नेटफ्लिक्समा १ मेमा यो चलचित्र रिलिज हुँदैछ। फर्नान्डिसले बाजपेयीसँगको एक भिडियो सार्वजनिक गर्दै ‘मिसेज सिरियल किलर’ १ मेमा लिएर दर्शकसामु आउँने बताएकी छिन्। सस्पेन्स थ्रिलर जनरामा निर्माण गरिएको चलचित्र शिरीष कुन्दरको निर्देशनमा निर्माण भएको हो । एक पत्नीको कथा बोल्ने यस चलचित्रमा फराह खानको कोरियोग्राफी र लगानी रहेको छ ।