सञ्जयलाई परिवारको चिन्ता

मुम्बई , एजेन्सी ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइसको नियन्त्रण तथा रोकथामका लागि विश्वका अधिकांश देशहरु हाल लकडाउनको अवस्थामा छ। यस अवस्थामा हरेक क्षेत्रमा कार्यरत मानिसहरु घरमै सिमित हुन बाध्य भएका छन्। देशका सबै काम ठप्प भएपछि मानिसहरु परिवारसँग घरमै समय बिताइरहेका छन्। केही परिवाबाट एक्लिएका मानिसहरु यतिबेला निकै चिन्तित छन्। यसैबीच बलिउड अभिनेता सञ्जय दत्त परिवारबाट एक्लिएका छन् । उनका परिवार दुबईमा छन् भने उनी  एक्लै मुम्बईमा छन्। महिना दिनअघि बिदा मनाउँन दुबई गएका दत्तकी पत्नी मान्यता र छोराछोरी लकडाउनका कारण दुबईमा रोकिएका हुन्। उनी भने कामका कारण परिवारसँग गएका थएनन् ।

सञ्जय दिनहुँ सामाजिक संजालमार्फत परिवारसँग जोडिने गरेका छन्। एक्लोपन दुर गर्न र परिवारप्रतिको नियास्रो मेटाउन उनी दिनहुँ भिडियो च्याट गरेर पत्नी र छोराछोरीसँग बोलिरहेका छन्। परिवारको चिन्ता सधैं भइरहेकाले उनी धेरेसमय भिडियो च्याटमै बिताइरहेका हुन्छन्।

उनी आफनो जीवनमा लामो समयसम्म परिवारसँग छुटिएर बसेका छन्। अवैध हतियार राखेको अभियोगमा उनलाई लामो समय जेल राखिएको थियो। 'यस्तो कठिन समयले जीवनमा परिवारको मूल्य बताउँछ' सञ्जयले भनेका छन्। यो महामारीको घडीमा परिवारसँगै रहेका सबैलाई भाग्यमानी बताउँदै उनले आफूलाईपनि परिवारसँग जोडने प्रविधिलाई धन्यवाद दिएका छन्। सञ्जयले सन् २००८ मा मान्यतासँग विवाह गरेका थिए । पहिलो पत्नी ऋचा शर्माको निधनपछि उनले रेहा पिल्लेसँग बिवाह गरेका थिए। २००५ मा पिल्लेसँग उनको डिर्भोस भएपछि उनले मान्यतासँग विवाह गरेका हुन्।