कुकुर प्रेमी ‘बले’

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

लकडाउनका कारण सबै मानिसहरु यतिबेला घर भित्रै सिमित छन् । यसको असर मानिसमा मात्र होइन जनावरमा पनि परेको देखिएको छ। हाल जनावरहरु भोक्कै मर्न थालेको खबर सार्वजनिक भइरहेको छ। केही कलाकारहरुले भने सडकमा नै पुगेर ती जनावरहरुलाई खाना खुवाइरहेका छन्। उनीहरुले आफ्नो घर बाहिर रहेका कुकुरलाई खाना खुवाउँदै अरुलाई पनि घर वरपर देखापरेका जनावरलाई खाना खुवाउन अपिल गरेका छन्। अभिनेत्री वर्ष सिवाकोटी, वर्षा राहुत, कोमल वली लगायतले आफूबाटै यो काम सुरु गरी अरुलाईपनि भोका र भौतारिरहेका जनावरलाई खान खुवाउन अनुरोध गरेका छन्। धेरै कलकारहरुले जनावरहरुकालागि नेपाल सरकारले गठन गरेको एनिमल नेपाल नामक संस्था मार्फत सहयोग गर्दै आएका छन्। यसअघि अभिनेत्री प्रियंका कार्की र उनका श्रीमान अभिनेता आयुष्मान देशराज जोशीले जनावरको खानाका लागि ‘आयंका फाउन्डेशन’ मार्फत नगद १ लाख सहयोग गरेका थिए।

लकडाउनले कलाकारलाई सामाजिक संजालमा निकै सक्रिय बनाएको छ। उनीहरु परिवारसँग मस्ती मुडमा रहेको तस्विर सँगै भोका जनावरलाई खाना खुवाएको भिडियो पनि आ-आफ्नो आधिकारीक सामाजिक संजालमा पोष्ट गर्दै आएका छन्। यसैगरी अर्का हाँस्य कलाकार सागर लम्साल उर्फ ‘बले’ले एक सडकको भुसिया कुकुरलाई घरै ल्याएका छन् । उनले भुसिया कुकुरलाई पालन पोषण गर्ने हेतुले घरमा ल्याएका हुन् ।

पहिल्यै देखि कुकुर पाल्ने रहर भएको उनले बताएका छन्। कुकुर किन्ने सोचमा रहेका बलेले कुकुर किन्नु भन्दा पनि सडकमा भोकै परेका कुकुरलाई ल्याएर पाल्नु उचित ठानेर सडकबाट कुकुर उठाएको बताएका छन्।