रहेनन् इरफान खान

मुम्बई , एजेन्सी ।

बलिउड अभिनेता इरफान खानको आज बुधबार मृत्यु भएको छ । २०१८ देखि क्यान्सरसँग संघर्ष गरिरहेका ५३ बर्षीय खानको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा उपचारको क्रममा निधन भएको हो। खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो। शनिबार उनकी आमा सइदा बेगमको राजस्थाको जयपुरमा स्थित आफ्नै निवासमा निधन भएको थियो । आमाको अन्तिम संस्कारमा समेत उनी सहभागी हुन पाएका थिएनन्।

जयपुर राजस्थानमा सन् १९६७ मा जन्मिएका खान थिएटरबाट चलचित्रमा आएका थिए। सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित चलचित्रमा अभिनय गरेका उनको अन्तिम चलचित्र सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो। बलिउडमात्र होइन खानले स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईजस्ता अन्तर्राष्ट्रिय ब्लगबस्टर सिनेमामा काम गरेका थिए। इरफानकी श्रीमती सुतापा र दुई छोरा बाबिल र अयान छन्। चलचित्र निर्माता शुजित सिर्करले उनको निधनको खबर ट्वीटबाट दिएका हुन्। उनले ट्वीट गर्दै शोक व्यक्त गरेका छन्।