इरफानको अन्तिम संस्कारमा २० जनाको मात्र उपस्थित रहने

मुम्बई , एजेन्सी ।

मंगलबार स्वस्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका बलिउड अभिनेता इरफान खानको बुधबार बिहान निधन भएको छ। अचानक स्वास्थ्यमा समस्या आएपछि खानलाई मंगलबार मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। खानका प्रवक्ताले उनलाई ‘कोलन इन्फेक्सन’ भएको बताएका थिए। २०१८ देखि क्यान्सरसँग लडिरहेका रहेका ५३ बर्षीय इरफानलाई केही समयदेखि न्यूरोइन्डोक्राइन भएको थियो । बुधबार साँझ ५ बजेको लागि इरफानको अन्तिम संस्कार तय भएको छ। अन्तिम संस्कारमा जम्मा २० जना व्यक्तित्वहरु रहने भारतिय मिडियाले जनाएको छ।

अन्तिम संस्कारमा बलिउडका कोही पनि सेलिब्रेटीहरुको उपस्थिती नहुने श्रोतको दाबी छ। उपस्थित २० जना व्यक्तित्वहरुमा इरफानको परिवार र उनका निकटस्थ्यहरु मात्र हुनेछन्। लकडाउनका कारण बढि व्यक्तित्वहरु जम्मा गर्न नचाहेको उनको परिवारले बताएका छन्। अन्तिम संस्कारमा मुम्बई पुलिसको कडा निगरानी रहने बताइएको छ। मिडियाका अनुसार उनको लासलाई अंधेरीको यारी रोड, वर्सोवा क्रिबिस्तानमा राखिनेछ ।

बलिउड हुँदै हलिउडमा समेत ख्याती कमाएका इरफान खानले बलिउडमा छुटै स्थान ओगटेका थिए। कलाकारितामा उनले आफनो जुन उचाइ लिएका छन्, त्यो निकैलोभलाग्दो छ। सन् १९६७ जनवरी ७ मा भारतको जयपुर, राजस्थानमा जन्मिएका खानका परिवारमा श्रीमती सुतापा र दुई छोरा बाबिल र अयान छन्। गएको शनिबार मात्र उनकी आमा सइदा बेगमको राजस्थाको जयपुरमा स्थित आफ्नै निवासमा निधन भएको थियो ।