‘म पिठोको बोरा भित्र पैसा बाँड्ने व्यक्ति होइन’: आमिर खान

मुम्बई/(एजेन्सी)

कोराना भाइरस संक्रमणबाट प्रभावित भएको भारत यतिबेला लकडाउनको अवस्थामा छ। यो समय मारमा परेका गरिब र असाहयहरुलाई बलिउडका चर्चित कलाकारहरु अक्षयकुमार, शाहरुख खान, सलमान खान, अजय देवगन लगायतले सहयोग गरेको खबरहरु सार्वजनिक भइरहेका छन्। उनीहरुले सहयोग गरेको फोटो भिडियो सामाजिक संजालमा निकै भाइरल भएको थियो। यसैगरी हाल भारतमा एक भिडियो निकै भाइरल हुदैँ आएको छ। उक्त भिडियो बलिउडका अर्का खान आमिर खानसँग जोडिएको छ। जसमा आमिरले गहुँको पिठो भरिएको झोलामा भारतीय रुपैयाँ राखेर बाँडेको बताइएको छ। खानले ट्रकमा गहुँको पिठो लगेर दिल्लीमा केही गरिबहरुलाई बाँडेको भनिएको छ। भिडियोमा गरिबहरुका बस्तीमा बाँडिएको एक–एक किलो पिठोका बोराभित्र १५ हजार भारु राखिएको बताइएको छ। उक्त विषयले हाल निकै चर्चा पाइरहेको छ। आमिरको यो जुक्तिलाई धेरैले सलुट गर्दै आएका छन्।

तर हाल भने यो भिडियो र खबर हल्ला मात्र भएको पुष्टि भएको छ। यस विषयले निकै चर्चा पाएपछि आमिर खानले मुख खोलेका छन्। उनले सोमबार ट्वीट गर्दै यो हल्लामात्रै भएको आफूले यसरी आँटाको पिठोमा रुपैयाँ राखेर बाँडेको खबर हल्ला मात्र भएको पुष्टि गरेका हुन्। उनले पैसा बाँड्दै हिड्ने व्यक्ति आफू नभएको स्पष्ट पार्दै सबैलाई सतर्क र सुरक्षित रहन आग्रह गरेका छन्। उनले  ट्वीट गर्दै लेखेका छन्,‘ म आँटाको बोरोमा पैसा हाल्ने व्यक्ति होइन, यो कि त पूर्णरुपमा अफवाह हो, वा रोबिन हुड आफुलाई प्रकट गर्न चाहाँदैन। कृपया भ्रममा नपर्नुहोला।’