अन्जु पन्तले मजदुरहरुलाई आफ्नै हातले खाना खुवाइन्

आर्टिष्ट खबर/बैशाख काठमाडौं।

कोभिड १९-का कारण विश्व त्रसित भइरहेको अवस्थामा अहिले विश्वका धेरै देशहरुमा लकडाउनको घोषणा गरिएको छ। नेपालमा पनि यस भाइरसबाट मानिसहरु दिनानुदिन संक्रमित भइरहेका छन्। यसकारण बिगत डेढ महिना देखि लागु भइरहेको लकडाउनको अवधी सरकारले अझैँ लम्बाउदै आएको छ। लामो लकडाउनको कारण धेरैलाई समस्या परिरहेको छ। अझ दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने मानिसहरुदेखि लिएर यतिबेला बाटोका जनावरहरु मारमा परेका छन्।

यसअवस्थामा  केही कलाकारहरुले मारमा परेका मजदुरीहरुलाई सहयोग गरिरहेका छन् भने उनीहरुले जनावरहरुलाई पनि खाना खुवाउँदै आएका छन्। यससँगै बिभिन्न संघ संस्था तथा व्यक्तिहरुले विभिन्न स्थानमा पुगी मारमा परेका मानिसहरुलाई खाना खुवाइरहेका छन्। त्यसैगरी गायिका अन्जु पन्तले बिहिवार र शुक्रबार गरी विभिन्न १२ ठाउँमा पुगी मजदुर तथा बालबालिकाहरुलाई खाना खुवाएकी छिन् । उनले काठमाडौँ उपत्यकाभित्र बौद्ध, जोरपाटी, नख्खु दोबाटो, फर्सीडोल ललितपुर, बीर अस्पताल लगायतका विभिन्न १२ ठाउँमा आफैँ पुगी खाना वितरण गरेकी हुन्। अन्जुको हातबाट खाना खान पाउँदा मजदुरहरु निकै दंग देखिन्थे।

‘अन्जु पन्त फाउण्डेसन’को तर्फबाट उनले खाना वितरण गरेकी हुन्। अन्जुले यो कठिन घडीमा अरुलाई सहयोग गर्न पाउँदा निकै खुसी भएको बताएकी छिन्। बिभिन्न ठाउँमा मानिसहरु भोक भोकै छन् भन्ने खबर सुनेपछि आफू चुप लागेर बस्न नसकेर केही समयकालागि लकडाउनको पलना भंग गरेर बिभिन्न ठाउँमा पुगी भोका मजदुरहरुलाई खाना वितरण गरेको उनले बताएकी छिन्।