टप ७ मा पुगेका दिवेशलाई जिताउन यसरी भोट गर्नुहोस

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

नेपाली युवा गायक दिवेश पोखरेल उर्फ आर्थर गनको पछिल्लो समय निकै चर्चा भइरहेको छ। उनी अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन् । आफु अमेरिकन आइडलको उत्कृष्ट ७ मा पुग्दा निकै खुसी भएका उनी अब फाइनलमा पुग्नै लागेका छन्। टप ७ मा पुगेसँगै उनले आज दिएको प्रस्तुतिपछि फाइनलका लागि भोटिङ भइरहेको छ। आजको एपिसोडमा उनले सामुयल इ राइटको ‘किस द गर्ल’ बोलको गीत गाएका छन्। उनको प्रस्तुतीलाई निर्णायकहरुले निकै मनपराएका छन्। टप ७ मा पुगेपछि उनलाई फाइनलमा पुर्याउन नेपाली अडियन्स पनि अझैँ जागरुक देखिएका छन्।

काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ देखि अमेरिकामा बस्दै आएका छन्। हाल परिवारसहित अमेरिकाको कान्ससस्थित विचिटामा बसोबास गर्दै आएका उनी काठमाडौंको रवीभवनमा जन्मेका हुन्। आफूलाई अहिले सम्म संगितिक यात्रामा साथ दिएर फाइनलको मुखमा पुर्याउने सबैलाई उनले सामाजिक संजाल मार्फत धन्यवाद दिएका छन्। अमेरिकन आइडलको १८ औँ सिजनमा सहभागी भएका दिवेशको प्रतिस्पर्धी नम्बर १६ रहेको छ। अमेरिकामा बस्नेहरुले उनलाई तीन तरिकाबाट भोट गर्न सक्छन्। अमेरिकन आइडलको एप डाउनलोड गरेर,अमेरिकन आइडलको वेबसाइटमा गएर र एसएमएस गरेर उनलाई भोट दिन सक्छन्। तीनवटै विधीबाट १०–१० पटक भोट गर्न सकिन्छ । अर्थात एक जनाले ३० भोट गर्न पर्नेछ। नेपाल र अन्य मुलुकबाट भने भोट गर्न भीपीएन डाउनलोड गर्नुपर्ने हुन्छ ।

Song: