‘लिलीबिली’ गर्ल जसिताको आज जन्मदिन,कति बर्ष लागिन्?

आर्टिष्ट खबर/जेठ,काठमाडौं ।

चलचित्र 'लिलिबिली' बाट नेपाली चलचित्रमा डेब्यू गरेकी अभिनेत्री जसिता गुरुङको आज जन्मदिन परेको छ। उनले आज आफ्नो २६ औं जन्मदिन मनाउँदैछिन्।१९९६ मे १६ तारिखका दिन बेलायतमा जन्मिएकी उनलाई आज बिहानै देखि उनका शुभचिन्तक आफन्त लगायत कलाकारहरुले सामाजिक संजालमार्फत जन्मदिनको शुभकामना दिइरहेका छन्।

हाल देश पूर्णरुपमा लकडाउन भएकाले उनी परिवारसँग मात्रै जन्मदिन मनाइरहेकी छिन्। ‘लिलीबिली’ र ‘लभ स्टेसन’ दुवै चलचित्रमा उनले प्रदिप खड्कासँग काम गरेकी छिन्। उनीहरुको जोडी अडियन्सले खुब रुचाएका छन्। यी दुई चलचित्रमा एकसाथ अभिनय गरेपछि उनीबीच प्रेम रहेको चर्चा चलेको थियो। चलचित्र ‘लभ स्टेशन’को प्रोमोसनको लागि एकसाथ भइरहँदा उनीहरुको प्रेमको चर्चा झनै चुलिएको थियो। यस बिषयमा प्रदिप र जसिताले भने आफूहरु मिल्ने साथीमात्र रहेको र यो चर्चा केवल हल्ला मात्रै हो भन्दै आएका छन्।