‘दोस्ताना २’को लण्डनमा गरिने शुटिङ रद्द

मुम्बई/(एजेन्सी)

भारतीय चलचित्र क्षेत्रका बहुप्रसिद्ध अभिनेता,चलचित्र निर्माता तथा निर्देशक करण जौहरले 'दोस्ताना'को सिक्वेलको शुटिङ अब लण्डनमा नगरिने बताएका छन्। कोरोनाका कारण बीचमै शुटिङ रोकिएको यस चलचित्रको बाँकी शुटिङ लण्डनमा गरिने बताइएपनि अब त्यो रद्द गरिएको जौहरको भनाइ छ। चलचित्रको आधा काम सकिएको र बाँकी चलचित्रको महत्वपूर्ण दृश्य लण्डनबाट लिने निर्माण टिमले बताएका थिए। यतिबेला बेलायतमा कोरोनाभाइरसले बढी प्रभाव पारेकोले लण्डनमा तय गरिएको शुटिङ रद्द गरिएको जौहरले बताएका छन् ।

करण जोहर,यश जोहर र अपूर्वा मेहताको लगानी रहेको 'दोस्ताना २'मा कॉलिन डी.कुन्हाको निर्देशन रहेको छ। रोमान्स र कमेडीको मिश्रण रहेको चलचित्रमा कार्तिक आर्यान,लक्ष्य लालवानी र जान्वी कपुरको मुख्य अभिनय रहनेछ। लक्ष्य लालवानीले यसै चलचित्रबाट बलिउडमा डेब्यू गर्दैछन्।