वर्षाको अगाडी संजोक खडा, अति भएपछि बल्ल बोले

आर्टिष्ट खबर/जेठ,काठमाडौं ।

केही समयअघि भारत र नेपालबीच भएको सिमा बिवादको बारेमा एक साथीभाइहरु सँगको अनलाइन अन्तरर्वार्तामा अभिनेत्री वर्षा राउतले 'आफ्ना भारतिय साथीहरुसँग कसरी फेस गर्ने' भनेपछि सामाजिक संजालमा अभिनेत्री वर्षा बिरुद्दको आवाज चर्को भएको थियो। उनी यस्तै बिभिन्न ट्रोलको शिकार बन्न पुगिन्। उनको बारेमा बिभिन्न अनलाइनहरुमा 'लिपुलेक दे वर्षा राउत लैजा' जस्ता बिभिन्न शिर्षकमा समाचार समेत बने। त्यसको जवाफमा वर्षाले ऋषि धमलासँग एक अन्तरर्वार्ता दिँदै आफ्नो गल्ति स्विकार गर्दै माफी समेत मागेकी थिइन्। उनले लामो स्टाटस लेख्दै माफी मागिसकेपछि पनि उनी बिरुद्द जनता खनिन छोडेनन्।

उनले लेखेको त्यो स्टाटस नाटक मात्र गरेको र उक्त स्टाटस उनले आफै लेखेको होइन भन्दै कतिपयले बिरोध गरिरहेका थिए। राष्ट्रियताको प्रसंगमा सम्वेदनहीन भएको भन्दै उनका बिरुद्दमा धेरै मानिसहरु लागेका थिए र उनलाई माफी दिन कतिपयहरु मानिरहेका थिएनन्। उनको माफीलाई वास्ता नगरी उनीमाथि प्रहार भइरहयो । आफ्नी श्रीमतीमाथी लगातार यसरी प्रहार भएपछि वर्षा राउतका श्रीमान संजोग कोइरालाले केही स्पष्किरण दिएका छन्।

video: