तिलकको अर्को मनछुने गीतमा रुबिसा र बिनोदको अभिनय

असार, काठमाडौं । गायक तिलक बस्नेतको मर्मस्पर्शि गीत बरको छायाँले सार्वजनिक गरिएको छ । नेपाली परिवेशलाई समेटिएर बनाइएको यस गीतमा श्रीमान बिदेशीनुको पिडालाई समेटिएको छ । गीतमा तिलकसँगै मेलिना राईको स्वर रहेको छ । गीतमा शब्द संगीत पनि तिलकले नै भरेका छन् ।

गीतको भिडियो निर्माणमा पनि मिहिनत गरेको देखिन्छ । भिडियोमा एउटै स्टेजमा लामोसमय नृत्यु गरेर गिनिज बुक अफ दी वल्र्डमा रेकर्ड राखेका दिदी बहिनी मध्येकी दिदी रुबिसा श्रेष्ठले अभिनय गरेकी छिन् । उनको श्रीमानको भूमिकामा बिनोद बस्नेत रहेका छन् । बिनोदको यो डेब्यु भिडियो हो ।

पछिल्लो समय समाजिक सञ्जाल तथा युट्युवहरुमा बिभिन्न विवादका भिडियोहरुले स्थान पाइरहेको बेला यस गीतको भिडियोले राम्रो भ्युज नपाएको निर्माण टिमको गुनासो छ । गीत राम्रो बन्दा पनि दुई दिनसम्म पनि एकलाख भ्युज नपुग्दा निर्माण टिम केहि चिन्तामा देखिन्छ । तर जति दर्शकले हेरेका छन् उत्कृष्ट प्रतिक्रिया आएको देखिन्छ ।