दुर्गेशको ‘आलु जस्तो गायक’ गीतबारे रमेशराज भन्छन्, तहल्का मच्चाउनेमा दुईमत छैन

साउन, काठमाडौं ।

नेपाली गीतसंगीतको क्षेत्रका गज्जबका पात्र हुन् दुर्गेश थापा । गीत गाएर बढी चर्चामा आएका दुर्गेशले आफूलाई गायक भन्दा मोडल भन्न रुचाउँछन् । आफूलाई राम्रो स्टेज पर्फमर भन्ने दुर्गेशको केहिदिनमा एक गीत सार्वजनिक हुँदै छ । जुन गीतको बिषयमा अहिले चर्चा चल्न सुरु भइसकेको छ । त्यो हो, आलु जस्तो गायक ।

गीतको बोल सुन्दा अचम्म लाग्छ । केहिसमय अघि दुर्गेशका गायकीलाई लिएर निकै विवाद भइरहँदा दुर्गेश भने विवादित कुरालाई वास्तै नगरी आफ्नो नयाँ गीतमा लागिरहेका छन् । आज सामाजिक सञ्जालमा छायांकनमा तस्बिर सार्वजनिक गरेपछि दर्शकमा थप कौतुहोल्ता थपिदिएको छ । भिडियोमा अहिलेका चल्तिका नायकद्धय पल शाह र पुष्प खड्कालाई पनि देख्न सकिने भएको छ, जुन छायांकनमा तस्बिरले प्रष्ट पार्छ ।

गीत सार्वजनिक नहुँदै अन्य कलाकारले पनि सामाजिक सञ्जालमा यस गीतको बिषयमा टिप्पणी गर्न थालेकाछन् । गायक तथा सर्जक रमेश राज भट्टराईले भने दिल खोलेरै गीतको प्रससां गरेका छन् । रमेशराजले फेसबुकमा लेखेका छन्, ‘गीत कस्तो छ थाछैन, भिडियो कस्तो बनेको छ थाछैन तर फोटो मात्र हेर्दा पनि गीत सहितको भिडियो कहिले हेर्न पाईन्छ होला जस्तै भैसक्यो, गीतमा कस्तो कमेन्ट आउला । भिडियोमा कस्तो कमेन्ट आउला त्यो त थाछैन तर फेरी एकपटक तहल्का मच्चाउने कुरामा दुईमत छैन दुर्गेश थापा भाई ।मेरो तर्फबाट धेरै धेरै शुभकामना ।’

गीत मार्फत दुर्गेशले के भन्न खोजेका छन् भन्नेकुरामा ठ्याक्कै आँकलन गर्न सकिदैन तर आलु जस्तो गायक भनिरहँदा आम दर्शकले उनको गायकीमा प्रश्न उठाइरहेका बेला आफ्नै जिवन भोगाईका कुरा गीतमा उतारेका हुन् कि भन्न सकिन्छ ।