माहामारीको बिच भिडियो सुटिङ गर्नु आफैलाई घातकः अध्यक्ष बिजी

भदौ, काठमाडौं ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले कोरोना माहामारी बढिरहेको समयमा पनि कलाकारहरुले म्युजीक भिडियो छायांकन नरोकेर कलाकारहरुले अटेरी गरिरहेको बताएका छन् । आफूले ब्यक्तिगत तर्फबाट पनि कलाकारहरुलाई आग्रह गर्दा पनि सामुहिक भेटघाट गरिरहने, जन्मदिन सेलिब्रेशनमा समुह बोलाउने तथा सुटिङ गर्ने काम नरोकिएको बताए । उनले यसरी कलाकारले माहामारीका बिच भिडियो सुटिङलाई नरोक्नु आफ्नै लागी घातक हुने बताएका छन् ।

‘मैले धेरैलाई भनेको छु । यो बेला सुटिङ रोक्नुस, भेटघाट कम गर्नुस् तर हाम्रा कलाकार साथीहरुनै अटेरी गर्नुहुन्छ ।’ अध्यक्ष बिजीले भने । ‘कलाकार भइसकेपछि समाजमा कस्तो उत्तरदायी हुनुपर्छ । आफ्नो कारणले परिवारमा कोरोना सर्न सक्छ, समाजमा जान सक्छ । त्यो कुरा बुझन् जरुरी छ ।’

उनले आफुले लेखेका गीतको सुटिङ भने पुर्ण रुपमा बन्देज नै लगाएको बताउनु भयो । साथै सुटिङमा राज्यको तर्फबाट प्रहरीले पनि एक्शन लिनुपर्ने उहाँको धारणा छ । उहाँ भन्नुहुन्छ, ‘प्रहरीले एकदुईपटक सुटिङस्थलमै गएर एक्शन लिनुपर्ने हो । तर प्रहरीले पनि त्यो गरेको देखिदैन ।’

पछिल्लो समय कोरोना दिनप्रतिदिन बढ्न थालेपछि केहि कलाकारहरुले भने अब माहामारी कन नहुन्जेल छायांकनलाई रोक्ने जनाएका छन् । निर्देशक शंकर बिसी, शिव हमाल, प्रकाश भट्टले अब भिडियो छायांकन रोकेको जानकारी दिएका छन् । यस्तै कलाकारहरु पल शाह, सागर लम्साल लगायतले पनि माहामारीको समयमा भिडियोको कामन नगर्ने जानकारी दिएका छन् ।