राष्ट्रिय झण्डा जलाउने बिरुद्ध मुद्दा दायर

भदौ, काठमाडौं ।

नेपालको राष्ट्रिय झण्डा जलाउने एक युवाका विरुद्ध महानगरीय अपराध महाशाखा, टेकुमा मुद्दा दायर गरिएको छ । सामाजिक अभियन्ता हेमराज थापा र उत्तम कार्कीले मुद्दा दायर गरेका हुन् ।

मंगोल हप अफिसियल युट्युब च्यानलमा अपलोड गरिएको उक्त भिडिओमा नेपालको झण्डा जलाएको दृश्य राखिएको छ । साथै भिडिओमा बाहुन क्षेत्रीलाई शरणार्थी भनिएको छ । आफूलाई र्‍यापर बताउने मंगोल ग्याल्ज लि र एटिएमले यसको शब्द लेखेका हुन् । मंगोल ग्याल्ज लिले गाएको यस गीतलाई दर्शक, श्रोताहरूले अत्यधिक डिसलाइक्स पाएको छ । ‘देशद्रोही’ नाम दिएर युट्युवमा अपलोड गरिएको यस गीतले जातीय द्वन्द्व निम्त्याउने भन्दै ब्यापक आलोचना गरिएको छ । सामाजिक सञ्जालमा पनि यस गीतको नकारात्मक टिका टिप्पणि भईरहेको छ ।

अपराध संहिताअनुसार झण्डा जलाउने कार्य गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । मुलुकी ऐन २०२० को १५१ मा राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षतिसम्बन्धी शीर्षकमा भनिएको छ, ‘कसैले नेपाल वा नेपाल सरकारविरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउा, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन ।’