कान्छो लोक गायक अर्जुन सापकोटाः ‘बनकि चरि’ले उचाईमा पुर्यायो

साउन, काठमाडौं । गोपिकृष्ण चापागाईं

सधैं टेलिभिजनको पर्दामा लोकगीत घन्किँदा, रेडियोमा बारबार दोहोरी गीत सुन्दा, युट्युवमा लोकगीतको भिडियो हेरिरहँदा आफूले गाएको गीत यसरीनै घन्किने कहिले होला भनेर सोच्ने अर्जुन सापकोटा आज आफ्नो गीत चोक चोकमा घन्किदा, मिडियाहरुमा स्थान पाइरहँदा दंग हुनुहुन्छ ।

आफूले सोच अनुरुपको सफलता पाउँदा खुसी देखिनु भएका अर्जुनले सुरुवातका दिनमा गीत गाउन र लोकप्रिय बन्नका लागी धेरै संघर्ष गर्नुपरेको बताउनु हुन्छ । परिवारमा बुबा मणी प्रसाद सापकोटा गीत लेखनमा सक्रिए रहेकाले पनि परिवारमा सांगितीक माहोल बनेकाले आफूलाई थप सहज भएको अर्जुन बताउँनु हुन्छ ।

‘‘१६ बर्षकी उमेरबार्ट गायनक्षेत्रमा प्रवेश गर्नुभएका अर्जुनका दर्जनबढी गीतहरु मध्ये ‘बनकि चरि’, ‘ढल्केर नाच्छु’, ‘परदेशीको पिडा’ लगायतका गितहरु नेपाली लोकदोहोरीको बजारमा घन्किने गीत हुन् ।’’

नवलपरासी पुर्वको मध्यबिन्दु नगरपालिका चोरमारामा बि.स. २०५५ साल माघ १२ गते जन्मिनु भएका अर्जुनले १६ बर्षकी उमेरबाट गायनक्षेत्रमा प्रवेश गर्नुभयो । दर्जनबढी गीत गाउनु भएका अर्जुनका ‘बनकि चरि’, ‘ढल्केर नाच्छु’, ‘परदेशीको पिडा’ लगायतका गितहरु नेपाली लोकदोहोरीको बजारमा घन्किने गीत हुन् । आठ महिना अघिमात्रै लोकप्रिय गायिका देवी घर्तिसँग गाएको ‘बनकि चरि’ बोलको लोकगीतले अर्जुनलाई लोकप्रियताको उचाईमा पु¥याइदियो । कृष्ण बस्यालले लेखेको गीतको शब्दमा अर्जुन आफैले संगीत भर्नुभएको थियो र आफूसँगै राजु ढकाल र करिश्मा ढकाललाई भिडियोमा अभिनय गराउनु भयो । अहिले युट्युवमा उक्त गीतको भिडियोलाई ६४ लाख बढी पटक हेरिएको छ ।

अर्जुनको जिउ डाल मिलेका कारण नेपाली लोक दोहोरीको क्षेत्रमा चकलेटी गायकको रुपमा पनि चिनिनुहुन्छ । अहिले नयाँ गीत सिर्जना, गायकमा ब्यस्त अर्जुनलाई पछिल्लो समय म्युजीक भिडियोमा अभिनयका अफर पनि आउन थालेका छन् । अर्जुनले नयाँ गितहरु ‘नगर पिर मया’, ‘सिमलैमा मैना’ लगायतका गितहरु बजारमा ल्याउने तयारीमा रहेको बताउनु भएको छ । यस्तै नयाँ गीत ‘बोटैमा अम्बा छ’मा अर्जुनले संगित दिनुभएको छ । ‘अहिले दर्शक तथा स्रोताले मेरा गीतलाई माया गरिदिनुभएको छ । नयाँ नयाँ गीत सिर्जना गर्न हौसला मिलेको छ । मलाई गायक भनेर चिनाएको पहिलो गीत बनकी चरी नै हो ।’ अर्जुनले हिमालय टाइम्ससँग भन्नुभयो । ‘बिशेष गरी तीजका गीतहरु, भजनहरु गीत गाइरहन्थेँ, आफ्ना आफन्तजनसँगै गीतसंगीतको क्षेत्रका अग्रह दाजुदिदीहरुको साथले पनि आज सफलताको बाटो तर्फ लब्किदै छु जस्तो लाग्छ । अझै संघर्ष गरिरहेको छु ।’

पछिल्लो समय विभित्र स्टेज कार्यक्रममा रुचाइनु भएका अर्जुन संगितकै दौरानमा भारत, अष्ट्रेलिया लगायतका देशहरुमा पनि आफ्नो साङ्गेतिक प्रस्तुति दिइसक्नु भएको छ । केही समय नवलपरासीको दर्पण एफ.एम. मा विभिन्न कार्यक्रम सञ्चालन गरेका साथै कार्यक्रम प्रमुख भइ काम गर्नुभएको थियो । पछिल्लो समयमा उहाँले गरेको साङ्गितिक काम, शब्द संकलन, गितमा संगित भर्नु, मोडलिङ तथा साङ्गितिक क्षेत्र प्रतिको लगनशीलताका कारण अग्रज गायक तथा संगितकारहरुबाट स्यावासि पाएको र जसले गर्दा आफुलाइ थप हौसला मिलेको उहाँको धारणा छ ।

सबैको प्यारो बन्दै अर्जुन

नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा सफलता पाउन कैयौं बर्ष लागेको थुप्रै कलाकार हुनुहुन्छ तर अर्जुन भने छोटो समयमा धेरै कलाकारहरुसँग सुमधुर सम्बन्ध राखिरहनु भएको छ । धेरै कलाकारको प्यारो बन्दै जानुभएका अर्जुनको सामाजिक सञ्जाललाई नियाल्ने हो भने दैनिक गतिबिधि चल्तिका कलाकारहरुसँगै भएको देखिन्छ ।

भेटघाट पछि आत्मिय सम्बन्ध बनाउन जान्ने अर्जुनको दोहोरी क्षेत्रका चर्चित गायक, गायिका, मोडल, सर्जकहरुसँग उत्तिकै सुमधुर सम्बन्ध छ । पछिल्लो समयको चर्चित एप टिकटकमा पनि लाख बढी फ्लोअर्स कमाउनु भएका अर्जुन टिकटकमा पनि उत्तिकै लोकप्रिय हुनुहुन्छ ।

लोकप्रिय बन्दै पिरती नलाम माया

गत साता सार्वजनिक गरिएको ‘पिरती नलाम माया’बोलको गीतमा पनि अर्जुनको स्वर छ । सुरुमा रमाइलोका लागी टिकटकमा गाएर अपलोड गरेको गीत धेरैले मन पराएपछि पुरा गीत नै तयार पारिएको अर्जुन बताउनु हुन्छ । ‘जय देवकोटा दाजु, यज्ञ सापकोटा अंकल र म भएर टिकटकका लागी मात्रै गाएको गीत धेरैले माया गरिदिनु भयो र एउटा गीत नै तयार पारौं भनेर सार्वजनिक गरेका छौं ।’ अर्जुनले भन्नुभयो । ‘अहिले सकारात्म प्रतिक्रिया मिलिरहेको छ । खुसी छौं ।’

गीतमा पुर्णकला बिसीले पनि स्वर दिनुभएको छ । गीतमा बिमल अधिकारीको शब्द छ भने भिडियोमा बिमलसँगै साया भण्डारीको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन पनि बिमलले नै गर्नुभएको हो ।

(समाचार आजको हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)