३७ बर्षमा धुर्मुस

असोज, काठमाडौं ।

नेपाली हाँस्य कलाकार तथा समाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस) आइतबारबाट ३७ बर्ष पुग्नु भएको छ । टेलिचलचित्रबाट अभिनय यात्रा सुरु गर्नुभएको धुर्मुसले ठुलो पर्दाको चलचित्र हुँदै आज समाजिक अभियान्ता भएर धेरै बिभिन्न ठाउँमा समाजसेवा गरिरहनु भएको छ ।

यसैबिच धुर्मुसले आफ्नो ३७ औं जन्मदिन चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमै बनाउनुभयो । बिभिन्न कामदार, प्राबिधिकहरुसँग धुर्मुसले जन्मदिन सेलिब्रेशन गर्नुभएको हो । धुर्मुसलाई आइतबार दिनभरी सामाजिक सञ्जालमार्फत पनि शुभकामना दिने थुप्रै भेटिन्थे । धुर्मुसले आफ्नो जन्मदिनमा शुभकामना दिने सबैलाई धन्यवाद ब्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘मलाई शुभकामना दिने सबैको आर्शिवाद मलाई लागेको छ । यसैले, म आफ्नो अभियानमा निरन्तर अगाडि बढिरहेको छु ।’

दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको फिल्म ‘वडा नम्बर ६ र ६ एकान ६’ मा अभिनय गर्नुभएका धुर्मुस रंगशाला निर्माण भएपछि नयाँ चलचित्र निर्माण गर्ने सोचमा हुनहुन्छ । उहाँले लकडाउन भन्दा अघि अभियन गरेको ‘सेन्टि भाइरस’ले मध्यम ब्यापार गर्न सफल भयो ।