सङ्गीतमा रुझ्न चाहाने विद्या

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

पछिल्लो समय आफ्नो स्वरमार्फत दर्शक स्रोताको मन जित्न सफल गायिका हुनुहुन्छ विद्या तिवारी । विद्या पूर्वीय तथा पाश्चात्य दुवै गीत संगीतमा राम्रो दख्खल राख्नुहुन्छ । नेपाली गीत संगीतका स्रोता÷दर्शकबाट भर्सटाइल गायिकाको उहाँले रुपमा प्रशंसा बटुलिरहनुभएको छ । उहाँले नेपाल आइडल, भ्वाइस अफ नेपाल मार्फत पनि आफ्नो प्रस्तुतिका कारण स्रोता दर्शकको मन जित्न सफल हुनुभएको थियो । उहाँका ‘हेल्लो हाई…’, ‘तिनपाते…’ ‘घाममा सुकाइदेऊ…’, ‘झुम्का…’, ‘भीडमा पनि…’, ‘पिच रोड…’ , ‘डलर…’लगायतका दर्जनौ गीत लोकप्रिय रहेका छन् । गायन मार्फत धेरै स्रोता दर्शकको मन जित्न सफल गायिका विद्या तिवारीसँग गोपीकृष्ण चापागाईंले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः–

अहिले के गर्दै हुनुहुन्छ ?

तपाईं हामी सबै विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को प्रत्यक्ष मारमा छौ । यसले सबै क्षेत्रलाई तहस नहस बनाएकोछ । फेरि पनि गीत संगीतका केही कामहरू भने भइरहेको छन् । म पनि आफूलाई गीत संगीतकै कर्ममा व्यस्त राख्दै आएकी छु । यस्तै केही सामाजिक कार्यमा पनि आफूलाई संलग्न गराउँदै आएकी छु । आफ्ना व्यक्तिगत कार्यहरू, केही सामाजिक कार्यका साथै गीत संगीतका कर्ममा नै आफूलाई व्यस्त बनाएकी छु भन्नुपर्ला ।

सांगीतिक यात्रा कस्तो भइरहेको छ ?

राम्रो भइरहेको छ । अहिलेसम्म राम्रै भइरहेको छ । राम्रै चलिरहेको छ भनौ । सबैको साथ सहयोगले थप उत्साहित छु । मन पराइदिनुभएको छ खुशी लाग्छ ।

कहिलेदेखि गाउन थाल्नुभयो ?

मेरो घरको माहौल नै साङ्गीतिक थियो । भक्तराज आचार्य, नारायणगोपालका गीतहरू पहिलो पटक मैले बाबाकै मुखबाट सुनेको हुँ । औपचारिक रुपमा भने आठ कक्षा पढ्दादेखि मैले गीत गाए । त्यो बेलामा ‘नेपाली तारा’ को अडिसन मेरो घरबाट पाँच मिनेट अगाडिको स्कुलमा भइरहेको थियो । मेरो बाबाले मेरो गायन तर्फको लगाव देखेर फर्म भरिदिनुभएछ । सो अडिसनमा मैले ‘जहाँ छन् बुद्धका आँखा…’ गाए । मैले अलिकति गीत गाउनेबित्तिकै जजहरूले ‘लैजाऊ–लैजाऊ’ भन्दै सेलेक्ट भएको कार्ड दिनुभएको थियो । त्यो बेला पढाइ नै मेरो पहिलो प्राथमिकता थियो । त्यसैले छनोट भए पनि काठमाडौं आउन पाइनँ । मैले सानैदेखि हेटौँडामा भएका साङ्गीतिक प्रतियोगिता कुनै पनि छोडिनँ । सबैमा गाए र सवैको तारिफ बटुल्थे ।

संगीत सम्बन्धि अध्ययन अध्ययन पनि गर्नुभयो कि ?

प्लस टू सकिएपछि काठमाडौँ आएँ । यहाँ आएपछि रेडियो थाहा सञ्चारमा काम गर्न थालेँ । रेडियो नेपालमा म्युजिक क्लास लिन थालेँ । गुरु प्रमोद प्रसाईंसँग भेट भयो । त्यहाँबाट क्लासिकल म्युजिकतिर झुकाव बढ्न थाल्यो ।

यहाँ प्रायः गीतले चर्चा पाइरहेका हुन्छन्, अनि एक पछि अर्को ट्रेन्डिङमा छन् नि  ?

तपाईंले भने जस्तै मेरो स्वरमा रहेका गीतलाई स्रोता÷दर्शकले अत्यधिक मन पराइदिनुभएको छ । तर, मलाई के लाग्छ भने गीत चल्नु मात्र सफल हुनु होइन । मलाई गीत चल्यो भन्दै आफू सफल भएजस्तो लाग्दैन । किनभने, मैले अझै धेरै मेहनत गर्न बाँकी छ । म कुनै चिज पाउँदैमा खुशी भइहाल्दिनँ । त्यो सफलतालाई कायम राख्न आगामी दिनमा अझै धेरै मेहनत गर्नुपर्नेछ । मैले यो क्षेत्रमा अझ धेरै गर्न बाँकी छ । म यतिकैमा सन्तुष्ट भएर बस्ने खालको होइन । मेरो स्वरमा रहेका धरै गीत ट्रेन्डिङमा पनि छन् । आफूले गाएको गीत ट्रेन्डिङमा पर्दा, सबैको मुखमा झुण्डिँदा खुसी लाग्छ नै ।

तपाईं आफूलाई कस्तो गायिका रूपमा चिनाउन चाहनुहुन्छ  ?

म कुनै एउटा दायराभित्र बाँधिन चाहन्न । आफूलाई भर्सटाइल सिंगरको रुपमा चिनाउन चाहन्छु । पूर्वीय र पाश्चात्य दुवै शैलीका गीत मज्जाले गाउन सक्छु ।

आफैँले चाहीँ कस्ता गीत सुन्नुहुन्छ बढी ?

नेपाली, अंग्रेजी, हिन्दी, रक, पप, क्लासिकल सबै गीतहरू सुन्छु । म सबै प्रकारका गीत सुन्छु । सबै प्रकारका गीत मनपर्छ ।

मनपर्ने गीत ?

नारायण गोपालले गाउनुभएको ‘गल्ती हजार हुन्छन्, यहाँ होस हराएको बेला…।’ त्यस्तै अरुणा लामाको ‘फूललाई सोधेँ…’ र माइतीघर फिल्मको ‘नमान लाज यसरी…’ पनि मेरा प्रिय गीतहरू हुन् ।

तपाईंलाई मनपर्ने गायक–गायिका ?

मलाई नारायण गोपाल, तारादेवी, अरुणा लामाहरूको गीत अत्यधिक मनपर्छ ।

गीत सङ्गीत सुन्ने कुनै समय छ कि ?

छैन त्यस्तो समय । म जतिबेला पनि गीत सङ्गीत सुन्न मन पराउँछु । यात्रामा रहँदा सँधै कानमा एयरफोन घुसारेर हिँड्छु । अरु त अरु, पढिरहँदा पनि मलाई गीत बजाउनै पर्छ । म वर्षात्मा रूझेझैं सङ्गीतमा रुझ्न चाहन्छु ।

(समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)