रघुनाथको चलचित्रमा नाजिर

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं ।&nbsp;&nbsp;</b></pre><p style="text-align: justify; ">संचारकर्मी रघुनाथ सापकोटाले पनि चलचित्र निर्माण गर्ने घोषणा गर्नुभएको छ । डेढ दशक अगाडि एक चिलचित्र निर्माण गरेका सापकोटाले अभिनेता नाजिर हुसेनलाई लिएर नयाँ चलचित्र निर्माण गर्न लाग्नुभएको हो । चलचित्र अभिनयका लागि उहाँले अभिनेता नाजिरसँग आइतबार सम्झौता गर्नुभएको हो । चलचित्रको कथामा सुहाउने भएका कारण नाजिरलाई मुख्य अभिनेतामा अनुबन्ध गरेको निर्माता सापकोटाले बताउनु भएको छ ।&nbsp;</p><p style="text-align: justify; ">नाजिरले पनि कथा मन परेकोले चलचित्रमा अभिनय गर्न राजी भएको बताउनु भएको छ । सामाजिक विषयवस्तुमा आधारित रहेर निर्माण हुने चलचित्रमा नाजिरको अलवा अन्य कलाकार भने छनौटको क्रममा रहनु भएको छ । कोरोनाको कहर केही सामान्य भएपछि नाम, कलाकार र प्राबिधिक सार्वजनिक गर्दै फिल्म मुर्हूतको कार्यक्रम पनि राख्ने योजना निर्माण युनिटको रहेको छ । आउँदो फागुनबाट छायांकनमा निस्कने बताइएको चलचित्रको पटकथा तथा संवाद यम थापाले लेख्नुभएको हो । सेलिब्रेटी नेपालको ब्यानरमा निर्माण हुने चलचित्रको काठमाडौं र उपत्यका बाहिरका केही स्थानमा छायाँकन हुनेछ ।&nbsp;</p><div style="text-align: justify; "><br></div>