सुक्निताले पाइन् बेष्ट फेसन डिजाइनर अफ द इयरको अवार्ड

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं । </b></pre><p style="text-align: justify; ">दोस्रो फेशन एण्ड मोडल अवार्ड’ मा सुक्निता चौलागाईंलाई ‘बेष्ट फेसन डिजाइनर अफ द इयर’ बाट सम्मान गरिएको छ&nbsp; । गएको बिहीबार राजधानीमा सम्पन्न उक्त अवर्डामा फेसन डिजाइनर सक्नितालाई अमुल्य योगदानको कदर स्वरुप उत्कृष्ट फेसन डिजाइनर घोषित गर्दै पेजेन्ट नेपाल ईन्टरनेशनल मिडियाले सम्मानित गरेको हो ।</p><p style="text-align: justify; ">रनर अप मिसेस हिमालयन २०१४,फेसन सो एट् हाउस अफ फेसन २०१८, फेसन सो एट् हेरिटेज अफ फेसन सिड्नी लगायत थुप्रै सोहरुमा उत्कृष्ट फेसन डिजाइनिङ गरेकी उनले फिल्म तथा म्युजिक भिडियोमा समेत डिजाइनिङ गर्दै आएकी छिन् ।</p><p style="text-align: justify; ">राजधानीको कोटेश्वरमा भ्यालेन्टिनो द बुटीक नामको आफ्नै बुटीकमा उनले लेडिज तथा जेन्सका हरेक कपडाका डिजाइन गर्दै आएकी छिन् । ललितपुरस्थित म्युजिक सिटीमा आयोजित समारोहमा वरिष्ठ अभिनेता भुवन केसीलाई ‘इभरग्रीन फेशन आइकन ’ ले सम्मानित गरियो ।</p><p style="text-align: justify; ">&nbsp;</p>